मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तलब भत्ता नलिने बाँके क्षेत्र न.३(ख) प्रदेशसभा उम्मेदवार लक्ष्मीनारायण शाहको घोषणा
  • मार्गरेखा संवाददाता

  • मंसिर–१३ नेपालगन्ज / नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्वर ३ ख का प्रदेशसभा उम्मेदवार लक्ष्मीनारायण शाहले आफु निर्वाचित भए त्यसबाट पाउने सरकारी तलव भत्ता नलिने घोषणा गर्नुभएको छ ।

    संवाददाताहरुसँग कुराकानी गर्दै शाहले उक्त तलव भत्ता आप्mनो निर्वाचन क्षेत्रको विकास निर्माणमा खर्चिने घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो–‘म पैंसा कमाउनका लागि उम्मेदवार बनेको होइन्, आप्mनो क्षेत्रको विकास र सम्बृद्धिका लागि उम्मेदवार बनेको हुँ ।’

    उक्त निर्वाचन क्षेत्रबाट २०६४ सालमा माओवादी केन्द्रका पूर्णाकुमारी सुवेदी र २०७० सालमा एमालेका दलबहादुर सुनारले विजयी हासिल गर्नुभएको थियो । सुवेदीले उपसभामुखको जिम्मेवारी समेत निभाउनुभयो भने सुनारले राज्यमन्त्रीको जिम्मेवारी निभाउनुभएको थियो ।

    सुवेदी र सुनारलाई त्यसक्षेत्रका नागरिकहरुले जिताएर पठाएपनि उहाँहरुले विकासको रेखा समेत कोर्न सक्नुभएको देखिएन्, घरदैलोमा व्यस्त शाहले भन्नुभयो–‘धुलाम्य सडक, अधुरा पुलपुलेसा देख्दै मन खिन्न् हुन्छ ।’ उहाँले यिनै समस्या समाधानको लागि आप्mना चुनावी एजेण्डा अघि सारेको बताउनुभयो ।

    प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले आज साविकको गनापुर गाविसमा घरदैलो गरिरहनुभएको प्रचारप्रसार सचिवालय संयोजक रमेश सिंजालीले बताउनुभयो ।

    प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारुले बैजानाथ गाउँपालिका वडा नम्बर १ चिसापानीमा घरदैलो गरिरहेको प्रचारप्रसार संयोजक प्रकाश शाहीले जानकारी दिनुभयो । अन्य उम्मेदवारहरुजस्तै आफूलहरुले पनि घरदैलोलाई नै बढी प्राथमिकता दिएको कुर्मीले बताउनुभयो ।

  • १३ मंसिर २०७४, बुधबार १२:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित