मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

निर्वाचन संघारमै आउँदा बाँके क्षेत्र न .१ लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु मतदाताहरुको घरदैलो
  • मार्गरेखा संवाददाता


  • नेपालगञ्ज, १३ मंसिर । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन आउन ८ दिन बाँकि रहँदा बाँकेमा उम्मेदवारहरुलाई प्रचारप्रसारको चटारो छ । मतदाताहरुलाई आफ्नो पक्षमा तान्न उम्मेदवारहरुले अन्तिम कसरत थालेका छन् । मतदाता रिझाउन लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले पनि घरदैलोलाई प्राथमिकता दिएर प्रचारप्रसारलाई निकै आक्रामक बनाएका छन् ।
    लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेलले आज दिनभर (बुधबार) कोहलपुर नगरपालिका वडा नम्बर ११ मा घरदैलो गर्ने प्रचारप्रसार सचिवालय संयोजक भूम भण्डारीले जानकारी दिनुभयो । ‘मतदाताको घरघरमै गएर भोट मागिरहेका छौं, अरु भन्दा घरदैलो नै प्रभावकारी हुने देखेर यसमै लागेका छौं,’ खत्रीले भन्नुभयो । प्रदेशसभा १ क का उम्मेदवार शरदचन्द्र बर्माले पनि आफूले घरदैलोलाई नै प्राथमिकता दिएर हिंडिरहेको बताउनुभयो । उहाँले आज (बुधबार) पनि राप्तीसोनारी गाउँपालिकाको वडा नम्वर ७ फत्तेपुरमै घरदैलो गरिरहेको बताउनुभयो ।

  • १३ मंसिर २०७४, बुधबार १२:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित