मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राईको नेपालगञ्जमा घरदैलोमो
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज मंसिर १३ । संघिय समाजवादी फोरम नेपालका प्रतिनिधी सभा–२ बाँकेका उम्मेदवार ईस्तियाक राईले बजार केन्द्रित प्रचार अभियान तिब्र पारेका छन् । नेपालगन्जको बजार छेउछाउका अधिकांस वडामा घरदैलो गरिसकेका पुर्वमन्त्री राईले बुधबार नेपालगन्जको सल्यानीबाग, गणेशपुर, लगायत वडा नम्बर ४ का विभिन्न टोलमा घरदैलो मार्फत मतदातासँग भोट मागिरहेका छन् । हातले समातेको मसाल चिन्ह अंकित पार्टीको झण्डाका साथै राष्ट्रिय झण्डा सहित पुर्वमन्त्री राई घरदैलोमा पुग्दा मतदाताहरु उत्साहित हुने गरेका छन् ।
    राष्ट्रिय झण्डा सहित पुर्वमन्त्री राईले घरदैलो गरेर ‘राष्ट्रियता, धार्मिक तथा सामाजिक एकता’को सन्देश दिईरहेका छन् । चुनावी माहोल तत्ताउन उनी केही समयदेखी निकै सक्रिय रुपमा घरदैलो लागिरहोका छन् । ‘लगभग घरदैलो पुरा गरिसकेको छु, नेपालगन्ज बजार एरियाका केही वडा मात्रै बाँकी छन्, त्यो पनि एक÷दुई दिन भित्रमा सम्पन्न गर्ने सोच छ,’ राईले प्रतिनिधी सभा–२ बाँकेका सशक्त उम्मेदवार राईसहित प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार दुर्गेश गुप्ता, प्रदेश सभा–२ ‘क’ का विजयबहादुर यादव पनि घरदैलोमा सक्रिय भईरहेका
    छन् ।

     

  • १३ मंसिर २०७४, बुधबार १६:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित