मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भोट त दिन्छौ तर बाटो बनाईदिनुपर्छ स्थानिय
  • मार्गरेखा संवाददाता

  • कोहलपुर, मंसिर १३ / नेपाली काँग्रेस नेता तथा बाँके क्षेत्र नं १ बाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका उम्मेद्वार माधवराम खत्री
    र बाँके निर्वाचन क्षेत्र नं. १ (ख) प्रदेश सभाका उम्मेद्वार नारायण प्रसाद गौडेललाई कोहलपुर–११ का थारु बस्तीका स्थानिय जनताले बाटो फराकिलो, नाली सहितको सडक, खानेपानीको सेवा उपलब्ध गराउन माग गरेका छन् ।
    बाँके निर्वाचन क्षेत्र नं. १ (ख)को कोहलपुर नगरपालिका वडा नं. ११ मा घरदैलो कार्यक्रमका क्रममा संधै अरुलाई यहाँबाट विजय गराएर पठाए पनि आफ्ना मागहरु कसैले पनि पुरा नगरेकाले लोकतन्त्रीक गठबन्धनका उम्मेद्वारहरुलाई आफ्ना मागहरु पुरा गर्न अनुरोध गर्दै कोहलपुर–११ की शान्ति थापाले भनिन् ‘अब धेरै पटक अरुलाई हरौं, एक पटक काँग्रेसलाई भोट दिन्छौं, भोट त दिन्छौं तर बाटो बनाईदिनुपर्छ ।’
    साथै उनले खानेपानीको समस्या, सडक, ढल र वर्षादको सयममा हुने बाढीका कारण डुबानका समस्यालाई
    उम्मेद्वार समक्ष राखेकी थिईन् । विकासका नारा मात्र बोकेर यस भन्दा पहिलाका निर्वाचन अन्यले जितेको भन्दै यस पटक आफ्ना प्रतिवद्वताहरु पुरा गर्न अनुरोध गरेकी थिईन् ।
    बाँके निर्वाचन क्षेत्र नं. १ (ख)को कोहलपुर नगरपालिका वडा नं. ११ मा भएको घरदैलो कार्यक्रमका क्रममा बाँके क्षेत्र नं १ बाट प्रतिनिधि सभामा लोकतन्त्रीक गठबन्धनका उम्मेद्वार माधवराम खत्रीले स्थानिय जनताका मागहरु पुरा गर्ने प्रतिवद्वता जनाउँदै भोट दिएपछि बाटो बनाएरै छाड्ने दावी गरे । साथै उनले कोहलपुर वडा नं. ११ लाई आर्थिक क्षेत्रको हबका रुपमा विकास गर्ने भन्दै कोहलपुरलाई एक आधुनिक शहरका रुपमा विकास गर्ने बताए ।
    त्यस्तै घरदैलो कार्यक्रमका क्रममा स्थानिय जनतासँग भेटघाट गर्दै बाँके निर्वाचन क्षेत्र नं. १ (ख) प्रदेश सभाका उम्मेद्वार नारायण प्रसाद गौडेलले स्थानिय जनताका समस्याहरुसँग आफु परिचित भएकाले यस पटक जनताकै सेवा गर्ने मौका दिन अनुरोध गरेका थिए । साथै उनले कोहलपुर वडा नं. ११ लाई नेपालीकै नमूना वडाका रुपमा विकास गर्नका लागि आफुहरु लागि पर्ने बताउँदै स्थानिय सडक विस्तार, खानेपानी समस्या, विद्युत विस्तार गर्ने, कोहलपुर वडा नं. ११ व्यापारिक क्षेत्र भएकाले यसका लागि विशेष योजना सहित प्रदेश सभामा आफु प्रस्तुत हुने प्रतिवद्वता जनाए ।
    घरदैलो कार्यक्रममा नेपाली काँग्रेस, राप्रपा सहित लोकतन्त्रीक गठबन्धनका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

  • १३ मंसिर २०७४, बुधबार १६:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित