मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सामाजिक सदभाव र शान्तीका लागि प्रहरी घरदैलो अभिमुखीकरण
  • मार्गरेखा संवाददाता


  • नेपालगन्ज १३ मंसिर । सामाजिक सदभाव र शान्तीका लागि बाँकेको कम्दी र बनकटटीमा प्रहरी घरदैलो अभिमुखीकरण आज सम्पन्न भएको छ ।
    युएनडिपीको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले आयोजना गरेको अभिमुखीकरणमा इलाका प्रहरी कार्यालय कम्दी र बनकटटीका दुई समुहमा गरि ३० नेपाल प्रहरी र म्यादी प्रहरीको सहभागिता रहेको थियो ।
    कार्यक्रममा अधिबक्ता विश्वजित तिवारी, उदयराज बर्मा र राकेशकुमार मिश्रले सहजीकरण गर्नुभएको थियो । प्रहरीहरुको समुदायमा शान्ती र सद्भाव कायम गर्न अहम भुुमिका रहने भएकोले प्रहरीहरुलाई समुदायमा सामाजिक सदभाव तथा शान्ती स्थापनाका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
    कार्यक्रममा कम्दी चौकी इन्चार्ज विष्णु गिरी र बनकटटीका प्रमुख तिलक बहादुर शाहीले हामी सधै समुदायमा खटिने प्रहरीलाई समुदायमा शान्ती तथा सदभावको कुराले थप सहयोग पुर्याएको बताउदै अब समुदायमा यस विषयमा नागरिकहरुलाई घरदैलोमार्फत जानकारी गराउने प्रतिबद्धता गर्नुभयो ।
    अभिमुुखीकरणमा सहभागी भएका प्रहरीहरु समुदायमा गएर नागरिकहरुलाई प्रहरी मैत्री बाताबरण र सामाजिक सद्भावको वातावरण सदैव बनाउन घरदैलो अभियान सन्चालन गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।

  • १३ मंसिर २०७४, बुधबार १९:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित