मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कसैबाट पत्रकारप्रति दुर्यव्यहार हुन्छ भने महासंघ चुप लागेर नबस्ने नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, मंसिर १३ गते । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सरकारका निकाय पत्रकार र समाचार संस्थामैत्री हुनुपर्नेमा जोड दिँदै यदि कसैबाट पत्रकारप्रति दुर्यव्यहार हुन्छ भने महासंघ चुप लागेर नबस्ने बताउनुभयो ।

    नेपाल पत्रकार महासंघ, बाँकेअन्तर्गत गठित फ्रि मिडिया नेटवर्कद्वारा यहाँ आज आयोजित ‘पत्रकार सुरक्षा र चुनौती एवं प्रेस स्वतन्त्रता उल्लंघन’ विषयको एक छलफल कार्यक्रममा उहाँले प्रेसमाथिको हस्तक्षेप कुनै पनि बहानामा क्षम्य नहुने बताउनुभएको छ ।

    उहाँले भन्नुभयो – “पत्रकार पनि मर्यादित हुनुपर्छ, जनताप्रति उत्तरदायी हुनुपर्छ, यदि त्यसो भयो भने प्रेस स्वतन्त्रताको उचाइ अझ बढ्छ ।”

    त्यसअवसरमा महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, जिल्ला अध्यक्ष ठाकुरसिंह थारु, पूर्वजिल्ला अध्यक्ष नीरज गौतम, प्रेम केसी, रुद्र सुवेदी, अधिकारकर्मी विश्वजीत तिवारी, टंक खनाललगायतका वक्ताले पत्रकारितालाई मर्यादित बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

    यसैबीच, आजै यहाँ आयोजित प्रेस सेन्टर, बाँकेद्वारा प्रकाशित पहिलो ‘खबरदारी’ त्रैमासिक पत्रिकाको अध्यक्ष आचार्यले विमोचन गर्नुभयो ।

  • १४ मंसिर २०७४, बिहीबार ०६:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित