मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लोकतान्त्रिक गठबन्धनको नेपालगन्जमा रोड
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज १४ मंसिर / बाके क्षेत्र नम्बर २ का आफ्ना नेता, कार्यकर्तालाई लोकतान्त्रिक गठबन्धनले नेपालगन्जमा रोड शो गरेको छ । उक्त गठबन्धनमा आवद्ध नेपाली काग्रेस र राप्रपाका नेता, कार्यकर्ता हात–हातमा झण्डा बोकेर नेपालगन्जका बिभिन्न भागको परिक्रम गरेको थियो ।


    प्रतिनिधी सभा–२ का उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा–२ ‘क का उम्मेदवार निरन्जनसिंह सिजापति, प्रदेश सभा–२ ‘ख का उम्मेदवार सुरेन्द्र हमाल, नेपाली काग्रेस बाकेका सभापति किरण कोईराला, राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणा, उपमेयर उमा थापामगर, राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटा, विभिन्न वडाबाट निर्वाचित दुबै दलका जनप्रतिनिधी तथा ठुलो संख्यामा उपस्थित नेता, कार्यकर्ताको उत्साहजनक सहभागिताले नेपालगन्जबासीको ध्यान केन्द्रित गराएको छ ।

    लोकतान्त्रिक गठबन्धनको रोड शोमा घरका गृहणी, बृद्धबृद्धा, मजदुरहरु समेत स्वतःस्फुर्त रुपमा सहभागी हुन आएका थिए । यसका साथै धार्मिक तथा सामाजिक सद्भावको पनि रोड शो ले झल्को दिएको छ । ¥यालीमा मधेसी, पहाडी, मुस्लिम, थारु, जनजाती समुदायको पनि सहभागिता रहेको थियो ।


    नेपालगन्जस्थित बिद्युत प्राधिकरण नजिक रहेको राप्रपाको पार्टी कार्यालयबाट सुरु भएको रोड शो सदरलाईन, त्रिभुवन चोक, विपी चोक, बीरेन्द्र चोक, सहिद सेतु बिक चोक, घरबारीटोल हुदै पुनः त्रिभुवन चोकमा आएर समापन भएको थियो ।

  • १४ मंसिर २०७४, बिहीबार १७:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित