मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जनताको समृद्धिविना राजनीति अपूरो हुने भएकाले समृद्धिका लागि निर्वाचनमा नेपाली काँग्रेसलाइ नै जिताउन मतदातासंग आग्रह नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कका
  • मार्गरेखा संवाददाता

  •  

     

    सुर्खेत, १२ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सुर्खेतको क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवार पूर्णबहादुर खड्काले आफूले सांसद्का रुपमा नेतृत्व गर्दै आएदेखि नै निष्ठाको राजनीति गरेको बताएका छन् । मंगलबार भेरीगंगा नगरपालिकाको डुंग्रीखोलामा आयोजित आमसभालाइ सम्बोधन गर्दै आफू निर्वाचित् क्षेत्रको विकास र जनताको आर्थिक समृद्धिका लागि निष्पक्ष रुपमा लागेको बताए । करिब ३ दशकदेखिको राजनीतिक जीवनमा जनताको सुख र दुखको अनुभूति आफूलाइ स्पष्ट रहेको भन्दै पूर्व गृहमन्त्री समेत रहेका खड्काले जनताको जीवन स्तर उकास्न आफू दत्तचित्त भएर लाग्ने आश्वासन दिए ।
    जनताको समृद्धिविना राजनीति अपूरो हुने भएकाले समृद्धिका लागि आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाइ नै जिताउन मतदातासंग आग्रह गरे । ०४८ सालदेखि आफूले शुरु गरेको विकास निर्माणलाइ पू्रा गर्न पनि जनताले नेपाली काँग्रेसलाइ नै मतदान गर्नुपर्नेमा खड्काले जोड् दिए । लोकतन्त्रको संस्थागत विकास गर्दै जनताको आर्थिक समृद्धिका लागि चिन्तन गर्ने एकमात्र पार्टी भनेको नेपाली काँग्रेस भएको दावी गर्दैए खड्काले विकासलाइ पूर्ण गति दिन यस पटक पनि काँग्रेसलाइ नै जिताउन मतदातालाइ अपिल गरे ।
    नेपाली काँग्रेस लेखपराजुलका सभापति मानबहादुर डाँगीको सभापतित्वमा भएको आमसभामा नेपाली काँग्रेसका तर्फबाट समानुपातिकतर्फका उम्मेदवार लोकबहादुर विश्वकर्मालगायतले काँग्रेसलाइ जिताउन आह्वान गरेका थिए ।

  • १४ मंसिर २०७४, बिहीबार २१:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित