मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मोबाइल फोनबाट जानकारी चोर्ने एप पक्राउ
  • मार्गरेखा संवाददाता

  • गुगलले एउटा यस्तो एप पत्ता लगाएको छ जसले फेसबुक, ह्वाट्सएपजस्ता सोसल मिडिया एपसँगै प्रयोगकर्ताको स्मार्टफोनबाट जानकारीहरु चोर्ने गर्दछ ।

    Tizi नामको यो एपले मोबाइल फोनको कल रेकर्डबाट पनि जानकारी चोर्दछ र यस्तो चोरी यति सावधानीपूर्वक गर्दछ कि प्रयोगकर्ताले सुइँको सम्म पाउँदैनन् ।

    गुगलले एक ब्लग पोष्टमार्फत उक्त एपका विषयमा खुलासा गरेको छ । गुगलका अनुसार Tizi एपले लोकप्रिय सोसल मिडिया एपबाट संवेदनशील डाटा चोर्नका लागि फोनमा स्पाईवेयर अर्थात् जासूस भाइरस इन्स्टल गरिदिन्छ । गुगल प्ले प्रोटेक्ट सेक्योरिटीको टिमले यस एपको बारेमा गत सेप्टेम्बर महिनामा जानकारी प्राप्त गरेको थियो ।

    गुगलले यस एपलाई प्ले स्टोरबाट हटाइसकेको छ र अन्य सबै प्रभावित डिभाइसलाई यस बारेमा सूचना पनि पठाएको छ । कम्पनीले यस एपका डेभलपरको अकाउन्ट पनि निलम्बन गरेको छ ।

    Tizi को सुरुवाती भर्सनमा मोबाइलका डाटा चोर्ने रुटिंग क्षमता नभएतापनि पछिल्लो भर्सनले मोबाइल डिभाइसबाट संवेदनशील डाटा चोर्न सुरु गरेको गुगलको भनाई छ ।

  • १५ मंसिर २०७४, शुक्रबार २३:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित