मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाका संचारकर्मी संग मिडीया संवाद अन्र्तक्रिया
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,मंसिर,१६ । प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघ बर्दियाले शुक्रवार बर्दियाका संचारकर्मीसंग एक दिने अन्तरक्रिया गरेको छ । पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा मिडिया संबाद नामक अन्तरक्रिया गरिएको हो । आसन्न निर्वाचनका वेला पत्रकारवाट हुने सक्ने कमि कमजोरी र सुरक्षाको विषय अन्तरक्रिया छलफल भएको थियो । पत्रकारहरुले प्रेस काउन्सिलवाट दिईने विशेष सुबिधाका वारेमा जानकारी गराईएको थियो ।
    जुनसुकै स्थानबाट संचालित मिडीया हाउसको प्रेसकाउन्सिलले अनुगमन गरिरहेको प्रेस काउन्सिलका सदस्य खिम भन्डारीले वताए । आसन्न चुनावका वेला आाचारसंहिता उल्लघन नगर्न पत्रकारलाई उनले सुझाव दिएका थिए ।प्रेस काउन्सिलले मोफसलमा प्रकासित र प्रशारण गरिने सम्पुर्ण मिडिया हाउँसको अनुगमन भईरहेको भन्डारीले जानकारी गराए । मन्तव्यको क्रममा बर्दिया प्रकासित हुने पत्रपत्रिकाको कुनै उजुरी समेत नपरेकाले यँहावाट प्रकासित र प्रसारण हुने काउन्सिल हेर्ने दृष्टिकोण सकारात्मक भएको भन्डारीले धारणा राखे । पत्रकारलाई आसन्न निर्वाचनमा सुरक्षा सर्तकता अपनाउँन नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले वताए । आसन्न निर्वाचनमा पत्रकहारहरुको भुमिका महत्वपुर्ण हुने भन्दै ‘आचारसंहिता उल्लघन गर्ने पत्रकार सुरक्षा खतरा हुने उल्लेख गर्दे आचार संहिता परिधि भित्र रहन पत्रकार समक्ष उनले आग्रह गरे । पत्रकारहरुको सुरक्षाकवजनै आचारसंहिता भएकाले पूर्णरुपमा आचारसंहितामा रहि रिपोटिङ्ग गर्न समेत केन्द्रिय सदस्य सेजुवालले आग्रह गरे ।अन्तरक्रियाले पत्रकारलाई सजग वनाएको पत्रकार महासंघका अध्यक्ष राजेन्द्र धितालले वताए । आसन्न निर्वाचनमा समाचार संकलन गर्नै क्रममा कहिँ कतै कठिनाई भएमा पत्रकार महाँसंघलाई जानकारी गराउन समेत अध्यक्ष धितालले पत्रकार समक्ष आग्रह गरे । ्।कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखाले नव निर्वाचित केन्द्रिय सदस्य सेजुवाललाई स्वागत एवम सम्मान गरेको थियो । कार्यक्रमा जिल्लामा कार्यरत क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

  • १६ मंसिर २०७४, शनिबार ०९:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित