मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको क्षेत्र नम्बर ३ मा बाम गठबन्धनले बाजागाजा सहित घरदैलो
  • मार्गरेखा संवाददाता

  • खजुरा, मंसिर – बाँकेको क्षेत्र नम्बर ३ मा बाम गठबन्धनले बाजागाजा सहित घरदैलो सुरु गरेको छ । सीतापुरमा बाजागाजा सहित शुक्रबार घरदैलो भएको छ । घरदैलोमा महिला र युवाहरुको बाहुल्यता रहेको थियो । सहभागीहरुले नाच्दै गाउँदै बामपन्थि उम्मेदवारहरुलाई मतदान गर्न आग्रह
    गरेका थिए ।
    प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकाय, प्रदेशसभा १ का उम्मेदवार आईपी खरेल र प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमको सहभागितामा घरदैलो र भेटघाट जारी रहेको निर्वाचन परिचालन कमिटीका सचिव रत्न खत्रीले जानकारी
    दिए ।
    क्षेत्र नम्बर ३ मा रहेका २४ वटै वटामा शुक्रबार पनि घरदैलो भएको र अधिकाँश स्थानमा उम्मेदवारहरुको सहभागिता रहेको थियो । क्षेत्र नम्बर ३ मा अगुवा कार्यकर्ता भेला र वडास्तरीय सभा सम्पन्न गरेर बाम गठबन्धनले टोलटोलमा घरदैलोको सुरुवात गरिएको जनाएको छ । प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकायले बामपन्थि गठबन्धनका उम्मेदवारको पक्षमा स्थानीय चुनावको भन्दा बढि उत्साह देखिएको बताए । उनले भने,– विकास र सम्ब्ृद्धिको चाहना पुरा गर्न बाम उम्मेदवारलाई जिताउन मतदाता आतुर भएका छन् । निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर सुनारले प्रतिनिधीसभा र प्रदेशसभामा बाम उम्मेदवारहरु अत्याधिक मतले बिजय हुने बताए ।
    शुक्रबार खजुराको वडा नम्बर ४ डिगाउँ र ईगाउँमा समेत घरदैलो गरिएको छ ।

  • १६ मंसिर २०७४, शनिबार ०९:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित