चेतन रेग्मी,मंसीर तुल्सीपुर दाङ,
नेपाल तेक्वान्दो संघको प्रदेश स्तरीय भेला आज सुक्रबार दाङको तुल्सीपुरमा सम्पन्न भएको छ ।
नेपाल तेकान्दो संघका अध्यक्ष प्रकाश सम्सेर राणाको अध्यक्षतामा सम्पन्न भेलाले उद्योग बाणीज्य संघ तुल्सीपुरका नीर्वतमान अध्यक्ष बिमल रिजालको अध्यक्षतामा १७ सदस्यीय ५ नंबर प्रदेश स्तरीय कार्यसमीती गठन गरेको छ । जसको उपाध्यक्षमा दाङका जीतबहादुर केसी, नवलपरासीका दिपक प्रधान,बाकेका बिमला भण्डारी,रुपन्देहीका परागदास गोर्खाली र प्रकाश राज भण्डारी रहनुभएको छ । त्यस्तै माहसचीवमा बीनील केसी,सचीवमा बिरुभाइ बज्राचार्य र कोषाध्यक्षमा मोहन सिंह सुनार रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा महेस थापा,दिपक केसी,साबीत्रा गुरुङ,राम प्रकास थारु,गीरीराज पौडेल,राज कुमार पाण्डे,राजीव क्षेत्री,रामजी यादव र दुर्गा खडका रहनुभएको छ ।
्सो अबसरमा राष्ट्रीय खेलकुद परीषदका कर्मचारी संघका फडीन्द्र पौडेल,नेपाल तेकान्दो संघका कविराज खडकी लगाएतले बोल्नुभएको थीयो । कार्यक्रमको बारेमा संघका महासचीव दिपराज गुरुङले प्र्रकास पार्नु भएको थीयो भने कार्यक्रमको सहजीकरण संघका सह कोषाध्यक्ष सुमन कुमार घलेले गर्नुभएको थीयो ।