आसन्न २१ गते हुन गईरहेको प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा बांके क्षेत्र नं. १ (ख्) बाट प्रदेश सभाका उम्मेदवार तथा नयां शक्ति नेपालका नेता डोलेश्वर भट्टराईसंग मार्गरेखा अनलाईनकागि गरिएको कुराकानीमा आधारमा तपार पारिएको अन्तरवार्ता यहां प्रस्तुत गरिएको छ ।
तपाईको उम्मेदवारी किन ? तपाईको उम्मेदवारी किन ?
सर्वप्रथम तपाईको अनलाईन पत्रिकालाई म र मेरो पार्टी (नयाँ शक्ति पार्टी नेपाल) को नीति, योजना र मेरो धारण राख्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद छ । देशमा ब्याप्त राजनीतिक भिजको कु–संस्कार र बढ्दो भ्रष्टीकरण न्यूनिकरण गर्दै अन्त्यका लागि प्रभावकारी रणनीतिक कार्य योजना बनाएर काम गर्न र हाम्रा सामु रहेको तमाम खाले समस्या पहिचान गरी निराकरणका लागि नागरिक स्तरबाट पनि निरन्तर खबरदारी जारी राख्न उत्प्रेरित गरी लोकतन्त्रलाई नागरिक तन्त्रका रुपमा स्थापित गर्नका लागि रहेको छ ।
तपाईले चुनाव जित्ने आधार के हुन् ?
म नयाँ शक्ति पार्टी नेपालको एक कर्तब्यनिष्ट कार्यकर्ता हुँ । म बाल्यकालदेखि नै कार्यमा पौरखमा विश्वास गर्ने स्वभावको मान्छे । असल पारिवारीक संस्कार मार्फत असल संस्कारको विकास हुने तथ्यलाई आत्मसाथ गर्दै पछिल्ला केही वर्षदेखि सहकारी अभियानमा सहभागी हुँदै सहकारी संस्थामा हुने अस्वस्थ प्रतिस्पर्धा, मनपरी अनुचित कामका विषयमा खबरदारी भण्डाफोर गर्दै सहकारीलाई वास्तविक सहकार्य गर्ने एउटा उपयुक्त माध्यम हो भन्ने कुरा अर्थात तथ्य स्थायित्व गर्नु नै अहिलेको प्रमुख सवाल र चुनौती हो भन्ने तथ्यलाई आत्मासाथ म अघि बढी रहेको छु । एउटा सुकी सकेको रुखरुपी संस्थालाई मलजल र पानी हालेर हराभरा बनाई सकेको कुरा अब कसैबाट छिप्नेछैन । म आफै पनि स्वरोजगाररत छु र प्रत्येक वयस्क यूवा पुस्ता स्वारोजगारको कार्यमा लाग्नुपर्छ नकी, फजुल खर्च, कुलत, क्षणिक लाभ, अपारदर्शी कार्यबाट टाढा बसी यो देशलाई जति सक्दो छिटो रोग र भोकबाट मुक्त गर्नुपर्छ भन्ने स्पष्ट मान्यता राख्ने र मैले ब्यावहारत लागु गर्दै आईरहेको छ । यसर्थ उपरोक्त तथ्यलाई निपष्क्ष बुझ्ने र बुझ्न चाहना राख्ने हो भने मलाई चिन्नु भई मैले अत्याधिक मत ल्याई जित्ने छु र मलाई जिचाउनु हुनेछ भन्ने आशा विश्वास लिएको छु । म आडम्बर र झुटलाई घृणा गर्छु यसर्थ अलिे यसको महत्व बुझ्ने मानिसह? ज्यादा हुन यसर्थ पनि मेरो जित सुनिश्चित छ।
तपाईलाई मतदाताले किन मत दिने ?
दलिय पद्धतीमा ब्यक्ति भन्दा पनि राजनीतिक पार्टी विद्यान र नीतिहरुले उठाएका एजेण्डा र ति एजेण्डालाई कार्यान्वयन गर्न खेलेको भूमिका र विगत समयमा ति दल र नेताले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका प्रमुख महत्व राख्दछ भने त्यस पार्टीका विभिन्न तह वा नेता, कार्यकर्ताले आफ्नो पार्टीले उठाएका प्रखुम राजनीनितिक मुद्धामा आफुलाई कसरी समाहित गरी समाजसामु कस्तो काम गरी राखेका हुन भन्ने कुराले सहायक महत्व अर्थात पुरक महत्व राख्दछ । यसकारण म जुन समाजमा परिवेशमा जन्मे त्यो दुर्गम ठाउँ झापाको पाँचगाही थियो हाल मैले जिवनको महत्व पूर्णघण्डी–कर्म अर्थात उधमसिलता गरिरहेको आफ्नो पारिवारीक आवश्यकता पुरा गर्दै समाज परिवर्तनका लागि बाँके जिल्ला कोहलपुर क्षेत्रलाई कर्मथलो बनाई मेरो क्षमताले भ्याएसम्म इमान्दारीताका साथ पूर्ण निष्ठापूर्वक आफुले पाएको जिम्मेवारी पुरा गर्दै आएको छु । मलाई विश्वास छ मैले रोजेको पाटो जहिल्यै नयाँ र पृथक हुन्छ युगको माग सुहाउँदो हुन्छ तर अप्ठ्यारो, गाली खानुपर्ने संकाको घेराबाट आफुलाई सही प्रमाणित गराउनु पर्ने चुनौति समेत हुन्छ । यो कुरा अर्थात सत्य तथ्यलाई मैले राम्रोसँग बुझेको छु र उपरोक्त पक्ष ब्यावहारत प्रमाणित गरी देखाउने छु र यसर्थ ढिलासुस्ती र भ्रष्ट्राचारको अन्त्य गरी समुन्नत र समृड नेपाल निर्माणको अभियानको एउटा हिंस्सा हुनका लागि मलाई मतदान आम सचेत मतदाताले गर्नुहुनेछ ।
अन्य उम्मेदवारभन्दा तपाईमा के भिन्नता छ ?
-पार्टीको नाम फकर पार्टी विद्यानमा उठाएका विषय फरक मात्रै हैन यस देशको समग्र अवस्था जो दयनिय छ, यति सानो तर प्राकृतिक श्रोत साधन सम्पन्न भैकन पनि किन अविकास र पर्छौटेपनको शिकार भैराखेको छ । यसको जड कारण के हो ? यसको जड कारण को पहिचान गरी त्यसको निराकरण गर्नका लागि अर्थात समयमै उच्च दरको वृद्धि हासिल गर्नका लागि पार्टीको विद्यानलाई आफ्नो जिवन पद्धतिका रुपमा स्विकार गरेर मात्र यस देशलाई समयको गतिसँग–सँगै विकासको पथमा डो¥याउन सकिन्छ अन्य पार्टी र मेरो पार्टी र उम्मेदवारका विचमा फरक हामी स्वेच्छिक भन्दा पनि विद्यानले तोके अनुसार मात्र लिन्छौ, अन्यमा कुनै स्पष्ट व्यवस्था छैन । हामी भ्रष्ट्रसंस्था, व्यक्तिसँग कुनै पनि किसिमको आर्थिक सहयोग लिन्छौ तर यस देशमा फरक–फरक सत्तामा पुगेको भ्रष्ट्राचारलाई संस्थागत गर्न मद्दत गरेका ठूला पार्टीका नेताहरु भित्री रुपमा भ्रष्टाचारीसँग र ५० औं अरव कर असुल उपर गर्नुपर्ने कम्पनीसँग साठगाठ गरेर यस देशको भाग्य र भविष्यसँग खेलवाड गरिराखेका हुन् । हामी मानिराखेका छौ कि, कर फर्र्छौट आयोगका नाममा दिएको छुट (मिलोपतोमा), आयल निगमको जमिन खरिदमा भएको करिब १ अर्वको भ्रष्टाचार, साझा संस्था, लगायतमा भएको संस्थागत भ्रष्टाचारमा संलग्नलाई कार्वाही र Ncell बाट कुनै पनि शर्तमा त्यसैले बुझाउनु पर्ने मार्जिन कर र Vat आदि 100% असुल गर्नुपर्छ कुनै पनि वहानाबाजी यहाँ हामी नेपालीलाई मान्य हुनेछैन । जनताको रगत र पसिनासँग खेलवाड गर्नेलाई हामी यस देशबाट अन्य देशमा लखेट्छौ, आफ्नो गौरव बचाई यस देशलाई समृद्ध राष्ट्र बनाएरै छोड्छौ अन्य उम्मेदवार माथी मैले उठाएका विषयमा विशेष गरे भ्रष्ट्राचार र करसँग सम्बन्धित विषयमा प्रश्न गर्नुहोस् ? मलाई लाग्छ उहाँहरुसँग औठे जवाफ सिवाय केही पनि हुनेछैन । किनकी उहाँहरुको पार्टीको रक्तसंचार नै त्यही कालो धनबाट भईराखेको छ ।
समृद्ध देश, बाँके बनाउने तपाईको के एजेण्डा छन् ?
– पूर्वाधारको विकास।
– स्वास्थ्य, शिक्षा, पर्यटन, जल विद्युतको विकास र प्रवद्र्धन ।
– मौलिक हकको ज्ञारेन्टी ।
– राजनीतिमा ब्यावसायिक सहभागिता हैन स्वेच्छिक सहभागिताको अवस्था ।
– बार्षिक २ लाख युवालाई स्वरोजगार बनाउने ।
– सहकारी मार्फत गरिबी निवारण ।
– लोपोउन्मुख प्रजातिका जिव जन्तुको संरक्षण ।
– राष्ट्रिय गौरवका आयोजनाको दु्रत गतिमा कार्यान्वयन ।
– ढिलासुस्ती, कालो बजारी, कृतिम अभाव, अपहरण, बलात्कारी, मानव बेचबिखन, लैगिंक विभेद, बन्द–हड्ताल, जातिय विभेद, रंगभेद र भ्रष्टाचारका बिरुद्ध कडाभन्दा कडा कानून बनाएर लागू गर्ने ।
– सम्पूर्ण नेपालीहरुलाई महंगाई अनुसारको आम्दानीको लागि काम गरेर खाने वातावरणको विकास ।
– प्रगतिशिल कर प्रणाली लागू गर्ने ।