मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाकेको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले मुस्लिम समुदायसँग मोहम्मद डे सँगै मनाए
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज १६ मंसिर
    मुस्लिम समुदायले मनाईरहेको मोहर्रम पर्वलाई लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले पनि सँगै मनाएका छन् । लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर २ का प्रतिनिधी सभा उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा–२ ‘क का उम्मेदवार निरन्जनसिंह सिजापति र प्रदेश सभा–२ ‘ख का उम्मेदवार सुरेन्द्र हमाल शनिबार मुस्लिम समुदायको घर–घरमा पुगेर शुभकामना साटासाट गर्दै सँगै मनाएका हुन् । उक्त पर्वका अवसरमा नेपालगन्ज बजारमा निस्केको बृहत ¥यालीमा सहभागिता जनाएर लोकतान्त्रिक गठबन्धनका तिनै जना उम्मेदवारले शुभकामना साटासाट गरेका थिए ।
    यसका साथै नेपालगन्ज उपमहानगरपालिकाका मेयर एवम् राप्रपा महामन्त्री डा. धवलसम्शेर राणा, उपमेयर उमा थापामगर लगायत लोकतान्त्रिक गठबन्धनमा आवद्ध नेपाली काँग्रेस र राप्रपाका नेता, कार्यकर्ताको उत्साहपुर्ण सहभागिता रहेको थियो । सो क्रममा बोल्दै जामा मस्जिद ईदगाह सञ्चालक समितिका पुर्वमहासचिव ईसरत अलि मुकेरीले नजिक आईरहेको चुनाव र मोहम्मद डेबाट बाँकेका मुस्लिम समुदायहरु निकै उत्साहित बनेको बताए ।
    आसन्न निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न भएको आम मुस्लिम समुदायले हेर्न चाहेको बताए । शेरबहादुर देउवा नेतृत्वको वर्तमान लोकतान्त्रिक सरकारले पहिलो पटक मोहम्मद डेको अवसरमा बिदा दिएकोमा उनले आभार प्रकट गर्दै भने, ‘यसलाई नेपाली मुस्लिम समुदायले ऐतिहासिक ठानेका छन्, लोकतान्त्रिक सरकारले मात्र सबै जाति, भाषा, धर्मलाई सम्मान गर्न सक्छ ।
    निर्वतमान सांसद अब्दुल हमिद सिद्धिकी(भोला)ले देशमा लोकतान्त्रिक र वामपन्थीबीच धु्रबिकरण भईसकेको बताउँदै संविधानको रक्षा, नयाँ संविधान कार्यान्वयन र लोकतन्त्र संस्थागत गर्नका लागी लोकतान्त्रिक गठबन्धनलाई बाँकेका मुस्लिम समुदायले भोट दिने बताए । ‘मोहम्मद डेको शुभकामना दिदै म निर्वतमान सांसद र नेपाली काग्रेसको सिपाही भएको नाताले म सबै मुस्लिम दाजुभाईहरुलाई भन्न चाहन्छु, लोकतान्त्रिक गठबन्धनबाट मात्र यो देशको भविष्य बनाउन सम्भव छ, देश वामपन्थीको हातमा गएपछि तपाई, हामीले अहिले सम्म पाएका अधिकार गुम्ने पक्का छ ।स्वर्गिय सुशिल कोईरालाको क्षेत्रमा यसपटक पनि लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्ने उनको भनाई छ ।

  • १६ मंसिर २०७४, शनिबार १६:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित