मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा फोरमप्रति जनलहर उत्साहित इस्तियाक राई
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज ।

    संघीय समाजवादी फोरम नेपाल, बाँके क्षेत्र न २का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले बाँकेमा फोरमप्रति जनलहर उत्साहित भएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा चुनावी घरदैलो तथा भेटघाटमा व्यस्त रहेका राईले जनताको घरदैलोमा पुग्दा आम मतदाता फोरमप्रति उत्साहित पाएको बताए । ‘सधैभरि उही नेता आएर, कुरामात्रै गर्ने र काम नगर्ने भएको कारण फोरमप्रति अहिले जनलहर उत्साहित छ’ राईले भने ‘हामी यस्तै मतदाताहरुको उत्साहका कारण चुनाव जित्दैछौँ ।’

    चुनाव जित्नका लागि कुनै ठूला गफ अनि आरोप र प्रत्यारोप गर्न नपर्ने उनको भनाई छ । उनले आम मतदाताको मन जित्न सके चुनाव जित्न सकिने बताए । ‘हामी न कसैलाई गाली गलौज गर्छाैँ न कसैलाई आरोप लगाउँछौँ’ राईले भने ‘हामी आम जनताकै माझबाट आएका हौँ, सधैं यहीँका मतदाताको बीचमा बसेर राजनीतिमार्फत समाजसेवामा लागिरहनेछौँ त्यूसैले पनि आम मतदाताको विश्वास हामीमाथि छ ।’ राईले फोरम र फोरमका उम्मेदवारप्रति अहिले बाँकेमा उत्साहित जनलहरदेखि अत्तालिएर प्रतिपष्र्धीहरु विभिन्न आरोप–प्रत्यारोपमा उत्रिएको भन्दै त्यसले उनीहरुकै ‘हैसियत’ नाङ्गिने बताए । ‘अरुलाई नराम्रो भन्नुअघि आफूले के के गरेका छौँ भनेर हेरे पुग्छ, अरुलाई गाली गर्दैमा आफू राम्रो भइँदैन’ उनले भने ‘हामी आम जनता र मतदाताको मन जितेका छौँ र उत्साहित भएका छौँ, आम मतदाताको सपोर्ट हामीसँग छ ।’

    उनले ठूला भनिएका राजनीतिक दल मिलेर बनाएको विभिन्न गठबन्धनका उम्मेदवारहरुले अहिले धार्मिक र साम्प्रदायिक नारा लगाउन थालेको आरोप पनि लगाए । बाँके जिल्लामा अहिलेसम्म सबै जातजाति, समुदाय अनि धर्म, सम्प्रदाय मिलेर बसिरहेको भन्दै त्यसलाई नभड्काउन उनले आग्रह गरे । ‘हामी सबै वर्ग र समुदायको पहिचानसहितको अधिकार स्थापित गर्ने लडाईमा छौँ, यो चुनाव पनि हामी त्यसैका लागि लडिरहेका छौँ’ उनले भने ‘मेरो प्रतिष्पर्धी साथीहरु अरु केही बाहाना नपाएर धार्मिक, र साम्प्रदायिकता भड्काउनतिर लाग्नुभएको छ, आम मतदाताहरुलाई म त्यस्तो भड्काउ र बहकाउमा नलाग्न अनुरोध गर्दछु ।’

    संघीय समाजवादी फोरम नेपालले आइतबार क्षेत्र नं २का डुडुवा तथा नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाहरुमा घरदैलो तथा चुनावी भेटघाट गरेको थियो । डुडुवाका अधिकांश मतदाताले त्यहाँको नदी नियन्त्रण, कटान तथा डुबान रोक्नका लागि योजनाहरुको माग गरेका थिए । त्यसक्रममा फोरमका उम्मेदवार राईले नदी नियन्त्रणको लागि दीर्घकालिन योजना फोरमले तयार गरेको र चुनाव लगत्तै पहिलो प्राथमिकताका साथ त्यहाँ काम सुरु हुने बताए । ‘नदीको कटान र डुबान यहाँको प्रमुख समस्या हुन्, हामीले त्यसका लागि दीगो नदी नियन्त्रण योजना पनि बनाएका छौँ’ राईले भने ‘चुनाव लगत्तै हामी त्यसको सुरुवातको लागि पहल गर्नेछौँ ।’

     

     

  • १८ मंसिर २०७४, सोमबार १०:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित