मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

वामगठबन्धनबाँकेमा दोहो¥याएर घरदैलो र टोलसभा
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, मंसीर – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामगठबन्धनले जिल्लाका सबै वडा टोलमा घरदैलो तथा कोण सभा सकेको छ ।
    कात्तिक २८ गतेदेखि थालेको बृहत घरदैलो मंसीर ११ गते सकेको वामगठबन्धनले यो बीचमा छुटेका व्यक्ति र ठाउँ–ठाउँमा कोण सभा र भेटघाट गरेको छ । वामगठबन्धनका उम्मेदवारले आइतबारमात्रै एक दर्जन ठाउँमा कोण सभा गरेको छ । टोल–टोल व्यक्तिलाई भेला पारेर बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार पशुपतिदयाल मिश्र र बाँके क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ का उम्मेदवार विजयकुमार गुप्ताले सम्बोधन गरेका छन् ।
    बेलासपुर, फूल्टेक्रा, भृकुटीनगर, कोरियनपुर, औद्योगिक क्षेत्र, पिप्रहवालगायतका ठाउँमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उम्मेदवारद्वय मिश्र र गुप्ताले अब देशमा बामपन्थीको स्थायी सरकार बन्ने भएकाले जिल्लाको विकास र समृद्धिका लागि आफूहरुलाई मत दिन आग्रह गर्नुभयो । ‘हामीलाई राजनीतिमा लागेर कमाउला भन्ने छैन । विकासका काम गरेर नाम कमाउने मात्रै हो, उम्मेदवारद्वयले भनेका छन, हामीलाई सामाजिक सेवा गर्ने मौका दिनुस् ।’
    प्रतिनिधि सभाका उम्मेदवार मिश्रले जिल्ला र केन्द्रलाई जोड्न सक्ने र केन्द्रमा बामपन्थीको सरकार बन्ने भएकाले जिल्लाको विकासमा गति थप्न आफूलाई जिताउन आग्रह गर्नुभयो । ‘केन्द्र र प्रदेशमा बामपन्थीको सरकार बन्छ, तपाईहरुले यहाँ अरुलाई जिताएर काम हुँदैन, मिश्रले भन्नुभयो, जिल्लाको विकास र समृद्धिका लागि बामपन्थीलाई जिताउनुस् ।’
    प्रदेश सभाका उम्मेदवार गुप्ताले विकास निर्माणलाई प्राथमिकता दिने र शून्य भ्रष्टाचारमा काम गर्ने आफूले प्रतिबद्धता गरिसकेको बताउनुभयो । ‘मलाई विधायकको तलव भत्ता चाहिएको छैन, तपाईहरुले विकासको काम गर्ने मौका दिनुस्, गुप्ताले भन्नुभयो, मैले तपाईहरुकै सेवा गर्ने हो । आफूलाई केही गर्न छैन ।’
    विगत लामो समयदेखि चुनावका बेलामा उम्मेदवारको चर्चामा रहने तर अन्तिम टिकट नपाउने समस्यासँग जुध्दै आएका गुप्तालाई यसपाली जनताले न्याय गर्ने नेताहरुले विश्वास लिएका छन् । क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ निर्वाचन परिचालन कमिटीका संयोजक रविन्द्र मिश्रले आर्थिक लोभलालचमा नफस्ने गुप्ताले नेपालगञ्जको विकासमा ठूलो टेवा पु¥याउने बताउनुभयो । मौन अवधि शुरु हुनु केही घण्टा अघि वामगठबन्धनका सम्पूर्ण कमिटीलाई जनताकहाँ पुग्न भ्याइनभ्याइ रहेको छ । बिहानदेखि साँझसम्म मत माग्न पुगिरहेका छन् ।

     

  • १८ मंसिर २०७४, सोमबार १०:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित