मंसिर– नेपालगन्ज / नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले प्रजातन्त्र र लोकतन्त्र बचाउनका लागि काँग्रेसलाई मतदान गर्न आव्हान गर्नुभएको छ । बाँके क्षेत्र नम्वर ३ को खजुरामा आयोजित चुनावी कोणसभालाई सम्वोधन गर्दै काँग्रेस सभापति कोइरालाले बाम गठबन्धनका नाममा कम्युनिष्टहरुले मुलुकमा अधिनायकवाद लाड्द खोजेको भन्दै त्यस विरुद्ध लोकतान्त्रिक शक्तिले गतिलो जवाफ दिनुपर्ने बेला आएको वताउनुभयो । प्रजातन्त्र र लोकतन्त्रको रक्षाका निमित्त काँग्रेसले राणाशासनलाई परास्त गर्योे, नारायणहिटीको राजालाई नागार्जुन पुरायो उहाँले भन्नुभयो–‘कम्युनिष्टहरु पनि यस्तै रवैयाले अघि बढे पतन निश्चित छ ।’ कम्युनिष्टहरुले आधार इलाका मान्दै आएको क्षेत्रमा सयौं कार्यकर्ता उपस्थित चुनावीसभालाई सम्वोधन गर्दै सभापति कोइरालाले प्रजातन्त्र र लोकतन्त्रको रक्षाका निमित्त फेरि एक पटक काँग्रेसलाई मतदान गर्न अपिल गर्नुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रेसका पूर्व पार्टी सभापति युवराज शर्माले मुलुकमा कम्युनिष्ट शासन स्थापित भए नागरिकहरुले बोल्न पाउने अधिकारी समेत गुमाउने वताउनुभयो । नर्थ कोरिया, क्युवाका नागरिकहरु रुन समेत पाउँदैनन् शर्माले भन्नुभयो–‘रुने र हास्ने अधिनायकवाद रोज्ने की स्वतन्त्र भएर बोल्न हास्न पाउने अधिकार रोज्ने त्यो मतदाताको हातमा छ ।’ कार्यक्रमलाई सम्वोधन गर्दै अर्का पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठले यो चुनाव स्थानीय तहको जस्तो नभएकाले सोचेर, विचार गरेर मतदान गर्न मतदाताहरुलाई अपिल गर्नुभयो । ‘आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन ३६ सालको जनमत संग्रह जस्तै हो, सहभागी मतदाताहरुलाई प्रश्न गर्दै उहाँले भन्नुभयो–‘तपाई प्रजातन्त्र मास्नेलाई जिताउने की जोगाउनेलाई ?, सोचेर मतदान गर्नुहोला ।’ कार्यक्रमलाई प्रतिनिधिसभा ३ का उम्मेदवार बादशाह कुर्मीले सम्वोधन गर्दै सम्बृद्धि र विकासका लागि काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘क्षेत्र नम्वर ३ बाट माओवादी केन्द्र र एमाले नेता जितेर मन्त्रीसम्म भए, विकासको काम कतिभयो ? तपाई हामीले देखेकै छौं, म विश्वास दिलाउन चाहान्छु संबिधान पनि काँग्रेसले जारी गर्यो, विकास पनि काँग्रेसले नै गर्छ ।’ प्रदेशसभा ख का उम्मेदवार लक्ष्मी नारायण शाहले काँग्रेसलाई जिताए पाँच बर्षभित्र ३ नम्वर क्षेत्रको कायापलट गरिदिने बताउनुभयो । ‘हामी रातारात यो क्षेत्रलाई स्विजरल्याण्ड बनाउंछौ भनेका होइनौ, तर योजना छ, गर्न सकने इच्छा शक्ति छ, विजयी बनाएर पठाउनुहोस् पाँच बर्षमा नमूना क्षेत्र बनाएर देखाउँछौं ।’ कार्यक्रममा समानुपातिक उम्मेदवार आशा विक, पूर्व सांसद कृष्ण परियार, क्षेत्र नम्वर ३ का सभापति नक्की खाँ, दलित संघका अध्यक्ष कृष्ण विक रसाइलीलगायतले बोल्नुभएको प्रदेशसभा ख का निर्वाचन परिचालन समितिका संयोजक रमेश सिजालीले वताउनुभया