मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाको बाँसगढीमा वम विष्फोट
  • मार्गरेखा संवाददाता


  • बर्दिया, मंसिर १८ । बर्दियाको वाँसगढी नगरपालिका वार्ड नम्वर ५ स्थित । नयाँशक्ति पार्टीका उम्मेदवार केशव पौडेलको घर अगाडीको नालिमा बम विष्फोट भएको छ ।
    नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नजिकै शक्तिशाली वम विष्फोट भएको हो ।प्रतिनिधिसभा क्षेत्र नम्वर १ बाट सदस्य पदका उम्मेदवार पौडेलको घर अगाडी तर्साउने उद्देश्यले वम पड्काईएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । विष्फोटबाट.कुनैपनि मानविय क्षती नभएको प्रजिअ भट्टराईले वताए । विष्फोटबाट नाली माथीको स्ल्यावमा क्षती पुगेको जनाईएको छ । दुई जना व्यक्तीले वम विष्फोट गराएको वुझिएकोले उनीहरुको खोजी भैरहेको प्रजिअ भट्टराईले वताए । निर्वाचनका वेला तर्साउनका लागि वम विष्फोट गराईएको स्थानिय प्रशासनले जनाएको छ । विष्फोट पछि वाँसगढीका स्थानियहरु त्रसित वनेका छन् ।

     

     

  • १८ मंसिर २०७४, सोमबार १९:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित