कोहलपुर मंसिर १८ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको पूर्णिमा साहित्य रत्न पुरस्कार यस वर्ष वरिष्ठ कथाकार महेश विक्रम शाहलाई प्रदान गर्ने निणर्य गरेको छ । साहित्य सेवामा लामो समयदेखि योगदान गर्दै महत्वपूर्ण कृतिहरु प्रकाशन गरेवापत कथाकार महेश विक्रम शाहलाई यो सम्मान प्रदान गर्न लागिएको हो ।
२०६९ मा स्थापना गरिएको रु ११०००÷– राशीको यो पुरस्कार हरेक वर्ष प्रदान गरिदै आएको छ । यस पुरस्कारबाट हालसम्म कवी, गीतकार तथा गायक प्रेम प्रकाश मल्ल मधुकर, वरिष्ठ कथाकार सनत रेग्मी र वरिष्ठ कवी तथा गीतकार दिनेश अधिकारी सम्मानित भैसक्नु भएको छ ।
आगामी पुष १ गते एक भब्य कार्यक्रमका विच यो पुरस्कार प्रदान गरिने कुरा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष महानन्द ढकालले बताउनु भयो । सोही कार्यक्रममा पछिल्लो समयका निकै चर्चित कवि मोमिला जोशीको एकल कविता वाचन कार्यक्रम पनि गरिने भएको छ । कार्यक्रम सभ्य र भव्य बनाउनका लागि हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान लागि परेको संस्थाका उपाध्यक्ष परदीप भट्टराईले बताउनु भयो छ