मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विचार गर्नुहोस् ! बिहान ढिलासम्म सुत्नेहरुलाई लाग्छ यस्ता भयानक रोग
  • मार्गरेखा संवाददाता

  • सुतिराख्न कसलाई मन पर्दैन र ? सुत्दा दिमाग तिखो हुन्छ भने शरिरमा दिनभरी काम गर्नका लागि ऊर्जावान् राख्छ ।

    यतिमात्र होइन, पर्याप्त निन्द्राले मोटोपना, मधुमेह, हृदय रोग र समयपूर्व मृत्युको सम्भावना निकै कम हुन्छ । हामी सबैलाई थाहा छ कि कम सुत्दा शरिर र दिमागमा नकारात्मक असर पर्ने गर्दछ तर धेरै सुत्दा शरिरमा पुग्ने नकारात्मक असरबारे जानकार हुनुहुन्छ तपाईं ?

     

    धेरै सुत्नुका साइड इफेक्टबारे यहाँ चर्चा गरिएको छ ।

    १. मोटोपना बढ्नेछः

    मोटोपना र धेरै समयसम्म सुत्नुका बिच सम्बन्ध छ । यदि तपाईं लामो समयसम्म सुत्नुहुन्छ भने तपाईंको शरिर रेस्ट मोडमा हुन्छ । कम शारिरिक गतिविधीको अर्थ तपाईंको शरिरको क्यालोरी कम बर्न हुनु जसले तौल बढाउने कार्य गर्दछ । एक अध्ययनका अनुसार धेरैबेरसम्म सुत्ने मानिसहरु मनोवैज्ञानिक रोगी र उच्च बडी मास इन्डेक्सले ग्रस्त हुन्छन् ।

    २. डिप्रेशन हुनुः

    धेरै बेरसम्म सुत्दा दिमागमा डोपामाइन र सेरोटोनिनको स्तर कम हुन्छ । यसले तपाईंको मूडलाई परिवर्तन गरिरहन्छ र दिनदिनै तपाईं रिसाहा हुनुहुनेछ ।

    ३. मुटुरोगः

    तपाईं जति ढिलासम्म सुत्नुहुन्छ त्यसको सिधा असर मुटुमा पर्ने गर्दछ । यसले मुटुरोग हुने खतरा अत्यधिक हुन्छ ।

    ४. ढाड दुख्नेः

    जब हामी अबेरसम्म सुत्छौं तब हाम्रो ढाड दुख्ने गर्दछ किनभने धेरै बेरसम्म सुत्दा हाम्रो पिठ्युँ जकडिएको हुन्छ जसका कारण पीडा हुन्छ । धेरै बेरसम्म सुत्दा शरिरमा रक्तसंचार सही तरिकाले हुन पाउँदैन त्यसकारण चाँडोभन्दा चाँडो बेड छोड्नु नै उचित हुन्छ ।

    ५. स्मरण शक्ति कम हुनुः

    धेरैबेरसम्म सुत्दा यसको गहिरो असर हाम्रो दिमागमा पर्ने गर्दछ । यसले हाम्रो स्मरण शक्ति कमजोर हुन थाल्छ ।

    ६. मधुमेहको खतराः

    अत्यधिक निन्द्राले शरिरमा सुगरको स्तरलाई बढाउने काम गर्दछ । त्यसकारण अत्यधिक निन्द्राले तपाईंलाई टाइप टु मधुमेहको खतरा बढाउँछ ।

    ७. कब्जियतको समस्याः

    जो मानिस धेरैबेरसम्म सुत्छ उनीहरुलाई कब्जियतको समस्या हुन्छ । पेट ठिक राख्नका लागि आफ्नो शरिरलाई चलाइराख्नुपर्छ ।

    ८. अकाल मृत्युः

    धेरै बेरसम्म सुत्दा तपाईंको अकाल मृत्यु पनि हुनसक्छ । यो कुरा अनुसन्धानमा पुष्टि भइसकेको छ । कम सुत्ने मानिसहरुभन्दा धेरै सुत्ने मानिसहरुको चाँडै मृत्यु हुन्छ । ८ घण्टाको निन्द्रा हरेक मानिसका लागि पर्याप्त छ ।

    ९. टाउको दुखाईः

    धेरै बेरसम्म सुत्दा उपहारमा तपाईंले टाउको दुखाई पाउनुहुनेछ । यो दिमागमा न्यूरोट्रान्समिटरमा उतारचढावको कारण हुनसक्छ जसमा निन्द्राको क्रममा सिरोटोनिन बढाउन सक्छ र यसले टाउको दुख्ने समस्या निम्त्याउँछ ।

    १०. मस्तिष्कलाई बुढो बनाउँछः

    अत्यधिक सुत्दा तपाईंको मस्तिष्कलाई शक्ति प्रभावित हुनसक्ट किनभने यो मस्तिष्कको उमेरको हिसाबले तीब्र रुपमा बुढो बनाउने गर्दछ / न्यु २४ टिभि बाट

  • १९ मंसिर २०७४, मंगलवार १८:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित