मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा ५ दिनभित्र प्रत्यक्ष र समानुपातिकको मतगणना सक्ने गरी तयारी मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदी
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज २० मंसिर, भोली मंसिर २१ गतो हुने निर्वाचनको तयारी सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले जनाएको छ । बाँकेमा ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामाग्री सहित प्रत्येक मतदान केन्द्रमा पुगेर केन्द्रमा आवश्यक तयारी समेत गरी सकेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए ।
    जिल्लाका १३६ मतदान स्थलका ३२६ मतदान केन्द्रमा सबै कर्मचारी खटेर गई सकेको जानकारी दिदै भने–‘सबै कर्मचारी आफुलाई तोकेको स्थानमा पुगी सक्नु भएको छ । कर्मचारी अपुग भएको भन्ने गुनासो आएको छैन् । कर्मचारी मतदान स्थलमा पुगेर परिचयपत्र वितरण, सर्बदलिय बैठक गरी भोलि विहान हुने मतदानको माहोल बनाउनको लागि तयारी अवस्थामा हुनुहुन्छ ।’
    यसैगरी मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले ५ दिनभित्र प्रत्यक्ष र समानुपातिकको मतगणना सक्ने गरी तयारी भएको जनाएको छ । बाँकेका मुख्य निर्वाचन अधिकृत सुवेदीले प्रत्यक्ष र समानुपातिकको मतगणना ५ दिनभित्र सक्ने गरी योजना बनाइएको जानकारी दिए ।
    बाँकेमा स्थानीय तहको मतगणनामा ढिलाई भएको कारणबाट पाठ सिक्दै यसपटक मतपत्रमा उम्मेदवारको चुनाव चिन्ह कम भएका कारण गणनामा सहज हुने अपेक्षा गरिएको छ ।
    मुख्य निर्वाचन अधिकृतको कार्यालयले सकेसम्म मंसिर २१ गते राति नै अन्य प्रक्रिया पु¥याएर मत गणनाको सुरुवात गर्ने तयारी गरेको छ । राति १०/११ बजेसम्म मतपेटिका गणनास्थलमा पु¥याउन सके तत्कालै मतगणना सुरु गर्ने आयोगको तयारी रहेको छ । ढिलो गरी मतपेटिका पुगेमा मंसिर २२ गते बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

  • २० मंसिर २०७४, बुधबार १३:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित