दुर्गा आचार्य
बर्दिया, मंसिर २० । बर्दियामा हेविवेटका उम्मेदवारले जिल्लाका ४ बटा स्थानियतहबाट प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा मतदान गर्दैछन्
बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा वामगठवन्धनबाट सदस्य पदका उम्मेदवार वामदेव गौतमले वाँसगढी नगरपालिका वार्ड नम्वर ८ स्थित त्रिभुवन माध्यमिक विद्यालय ककौरा मतदान केन्द्रबाट मतदान गर्दै छन् । लोकतान्त्रिक गठवन्धनका प्रतिनिधिसभा सदस्य पदका अर्का उम्मेदवार नेपाली काँग्रेसका जिल्ला सभापति एवम् सिँचाई मन्त्री सञ्जयकुमार गौतमले गुलरिया नगरपालिका वार्ड नम्वर ५ स्थित वालमन्दिर मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा लोकतान्त्रिक गठवन्धनबाट सदस्य पदका उम्मेदवार भुमीसुधार मन्त्री गोपाल दहितले राजापुर नगरपालिका वार्ड नम्वर २ जोधपुर स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नयाँगाउँबाट मतदान गर्नै छन् । वामगठवन्धनका प्रतिनिधिसभा सदस्य पदका अर्का उम्मेदवार विनाविभागिय मन्त्री सन्तकुमार थारुले बारबर्दिया नगरपालिका वार्ड नम्वर २ स्थित युवक माध्यमिक विद्यालय जोगीगाउँ केन्द्रबाट मतदान गर्दैछन्
।