मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पति–पत्नीबीच समस्या छ ? युगल मनोविमर्शकर्ताको सल्लाह लिनुहोस्
  • मार्गरेखा संवाददाता

  • डा. नरेन्द्रसिंह ठगुन्ना
    अध्यक्ष, मनोविज्ञान सम्प्रदाय नेपाल

    के हो युगल मनोविमर्श ?
    युगल (जोडी) मनोविमर्शबारे निकै कमलाई थाहा हुन सक्छ । युगल (जोडी) मनोविमर्शलाई पहिला वैवाहिक थेरापी वा वैवाहिक परामर्श पनि भनिन्थ्यो । वैवाहिक जीवनमा आएको खटपट र समस्यालाई दूर गरी जोडीबीच सुमधुर सम्बन्ध कायम गर्ने कार्यलाई युगल मनोविमर्श भनिन्छ । अझ भन्दा दाम्पत्य जीवनमा श्रीमान् र श्रीमतीबीचको सम्बन्धबारे बुझ्न, एक–अर्काप्रतिको निराशा, समस्या र तनावको कारण पत्ता लगाउने युगल विमर्शको मुख्य उद्देश्य हुन्छ ।

    कहिले गर्ने युगल मनोविमर्श ?
    सम्बन्ध, ऋण वा गोप्यता भंगका कारण भरोसा र विश्वासमा समस्या उत्पन्न भएको छ भने यस्तो परामर्शको आवश्यकता पर्न सक्छ । कुराकानीका क्रममा असह्य रिस उठ्ने, छुट्टिन मन लाग्ने, छोडपत्रलाई एक मात्र विकल्प देख्न थाले पनि विमर्शको आवश्यकता पर्न सक्छ । शारीरिक सम्पर्कमा आनन्दित नहुनु, कुनै पनि विषयमा अनिच्छा हुने भएमा पनि मनोविमर्शले काम गर्न सक्छ ।

    कारण यस्ता हुन सक्छन्

    • एक–अर्काबीच छलफल कम हुनु वा आशा गर्न छाड्नु ।
    • विभिन्न तनाव उत्पन्न भई सम्बन्ध जटिल मोडमा पुग्नु ।
    • शारीरिक रोगका कारण सम्बन्धमा दरार उत्पन्न हुनु ।
    • बच्चाका विषयमा समस्या देखिन थाल्नु ।
    • उदासीनता बढ्दै गएपछि एक्लै बस्न रुचाउन थाल्नु ।
    • बाह्य दबाबका कारण एक–अर्काप्रति नकारात्मक भावना उत्पन्न हुनु ।
    • बच्चाहरू घर छोडेर टाढा गएमा ।

    युगल मनोविमर्शको काम

    • युगल मनोविमर्शले जोडीमा उत्पन्न भएको विनाशकारी ढाँचाको पहिचान र सम्बोधन गर्ने ।
    • एक–अर्काबीचको द्वन्द्व र सञ्चारमा सुधार ल्याउने ।
    • नयाँ शिराबाट सम्बन्धको सुरुवात गर्ने ।
    • व्यवहारमा आएको परिवर्तनको प्रभाव र हानि पहिचान गर्ने ।
    • सफल सम्बन्ध स्थापित गर्ने ।

    …अनि पर्छ आवश्यकता

    • दम्पतीबीचको सञ्चार समाप्त भएमा शारीरिक सम्बन्ध नराख्ने अवस्थामा पुगेमा वा समस्या उत्पन्न भएमा ।
    • विनाकारण झगडा र तर्क–वितर्क भएमा ।
    • एक–अर्काप्रति हिंसात्मक देखिन थालेमा ।
    • डिप्रेसन वा अन्य स्वास्थ्य समस्या आएमा ।
    • एक–अर्काबीच विश्वासको बन्धन तोडिएमा ।

    नयाँ पत्रिका बाट

  • २२ मंसिर २०७४, शुक्रबार ११:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित