मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पार्टीभित्रको आन्तरिक विवादले गर्दा नेता–कार्यकर्ताहरुले सहयोग गरेनन् नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवा
  • मार्गरेखा संवाददाता

  • धनगढी । नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले आफू चुनाव हार्नुको कारण खोलेकी छिन्। उनले पार्टीभित्रको असन्तुष्टि लगायतका कारणबाट निर्वाचनमा पराजय व्यहोर्नुपरेको बताएकी छन् ।

    कैलालीको धनगढीस्थित निवासमा सोमबार बिहान पत्रकारहरुसँग कुरा गर्दै नेतृ राणाले पार्टीकै नेता–कार्यकर्ताहरुको असहयोगका कारण निर्वाचनमा पराजित भएको बताएकी हुन् ।

    काँग्रेस नेता पुष्करनाथ ओझा लगायत आरजु हराउ अभियानमा सक्रिय भएर लागेका थिए।

    ‘‘पार्टीभित्रको आन्तरिक विवादले गर्दा नेता–कार्यकर्ताहरुले सहयोग गरेनन् । हामीले मिलाउन पनि सकेनौं,’’ उनले भनिन्,  ‘‘कैलालीमा रहेको जातीय र भेगीय नाराले पनि समस्या पार्यो ।’’

    कैलालीमा रहेका डोटी र अछामका प्रभावशाली नेताले भेगीय नारा लगाएका थिए। जुन आरजुलाई हराउन काफी थियो।

    कैलाली क्षेत्र नम्बर ५ मा रहेका चौधरी थारु र राना थारु समुदायको ‘सेन्टीमेन्ट क्याच’ गर्न नसक्नु आफ्नो हारको कारण भएको नेतृ राणाको भनाइ थियो ।

    ‘‘चौधरी र राना समुदायको सेन्टीमेन्ट क्याच गर्न नसक्नु र नयाँ मतदाताले विश्वास नगर्नु पनि हारको कारण हो,’ उनले भनिन् । चौधरी समुदायबाटै एमाले उमेद्वार थिए। त्यसलाई चिर्ने गरि काँग्रेसले रणनीति बनाउन सके।

    नेतृ राणाले निर्वाचनमा सहभागि भएका सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिन् । उनले आगामी दिनमा धनगढी बसेर सुदूरपश्चिमको विकासका लागि काम गर्ने बताइन् ।

    राणाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी नेकपा एमालेका नेता नारदमुनी रानालाई मन्त्री बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाइन् ।

  • २५ मंसिर २०७४, सोमबार १३:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित