मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा जाति र साम्प्रदायिकता भन्दा माथि उठेर राजनीति गर्ने र विकासको काममा समर्पित हुने नेताको खाँचो रहेको नवनिर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राई
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज मंसिर २५ । बाँके क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले संमृद्ध बाँकेका लागि आफूले गरेका प्रतिवद्धताहरु नभुल्ने र आगामी पाँच वर्षमा त्यसको नतिजा देखिनेगरी काम गर्ने बताएका छन् । जितपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै राईले अब बाँकेमा जाति र साम्प्रदायिकताभन्दा माथि उठेर राजनीति गर्ने र विकासको काममा समर्पित हुने नेताको खाँचो रहेको पनि बताए ।
    ‘मैले हरेक जातजाति, धर्म र सम्प्रदायको भोट पाएर जितेको छु, एउटा कुनै समुदाय विशेषबाट आएको भएपनि म त्यो दायराभन्दा सधैंँ माथि नै छु’ राईले भने ‘म त्यस्तो साँघुरो मानसिकताबाट राजनीति पनि गर्दिनँ र, अरुलाई पनि साम्प्रदायिकताको दायराभन्दा माथि उठेर राजनीति गर्न अनुरोध गर्दछु ।’ उनले नेपालगन्ज र समग्र बाँकेलाई सद्भावपूर्ण बनाउनका लागि आफूले कुनै पनि कसर बाँकी नराख्ने बताए ।
    जितपछि पनि मतदातासँग शुभकामना लिन अनि पुनः विकास र संमृद्धिका बाचा गर्नका लागि घरदैलो अभियान सुरु गर्न थालेका राईले निर्वाचनका बेला आफूले गरेका प्रतिवद्धताहरुलाई पाँच वर्षभित्र नै पूरा गर्ने बताए । राईले नेपालगन्जको विमानस्थललाई अन्र्तराष्ट्रिय स्तरको बनाएर, यहाँबाट विभिन्न तीर्थयात्रा तथा पर्यटकीय घुम्न जाने पर्यटकहरुलाई केही दिन नेपालगन्जमै ‘होल्ड’ गर्ने योजनाका लागि आफूले पहल गर्ने बताए । त्यस्तै नेपालगन्जलाई डुबानमुक्त बनाउने तथा डुडुवामा नदी नियन्त्रणको दिगो योजनाका लागि आफू लागिपर्ने पनि उनले प्रतिवद्धता दोहो¥याए । ‘अनि नेपालगन्जमा विश्वविद्यालय, सरकारी मेडिकल कलेजको स्थापना, यहाँका मन्दिर, मस्जिद तथा चर्च, गुम्बाजस्ता पौराणिक सम्पत्तिहरुको संरक्षण र सम्वद्र्धनलगायत महत्वपूर्ण कामहरु पनि मेरा प्राथमिकतामा छन्’ उनले भने ‘म जनप्रतिनिधि भइसकेँ, जनताले मलाई विश्वास गरेका छन्, सरकारले पनि जनप्रतिनिधिको आवाज अवश्य सुन्नेछ ।’
    विकास गर्नका लागि सरकारमा जानैपर्ने कुरालाई इन्कार गर्दै उनले सरकारमा गए पनि प्रतिपक्षमा रहेपनि यहाँको विकासका लागि आफ्नो पहल उत्तिकै मजवुत रहने बताए । ‘हुन त राजनीतिमा असम्भव र निश्चित भन्ने केही हुँदैन, हामी सरकारमा गए पनि नगएपनि जनप्रतिनिधिका हैसियतमा म सरकारका सबै निकायसँग यहाँको विकास र संमृद्धिका लागि बलियो पहल गर्नेछु’ उनले भने ‘विकासका लागि पार्टी सरकारमा जानैपर्ने र आफू पनि मन्त्री हुनैपर्ने जरुरी छैन ।’ उनले आफू र आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउनका सहयोग गर्ने सम्पूर्ण मतदाताहरु, शुभेच्छुक तथा सहयोगीहरु सबैलाई धन्यवाद पनि दिए । ‘सबै समुदायले मलाई सहयोग गरेका छन्, यो सहयोगका लागि म सधैँ ऋणी हुनेछु, त्यसको गुण मैले यहाँको विकास गरेर तिर्ने नै छु’ राईले भने ‘र, आगामी दिनमा पनि यस्तै सहयोग अनि सुझावहरुको अपेक्षा गर्दछु ।’

  • २५ मंसिर २०७४, सोमबार १५:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित