मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राप्ती सोनारी र नरैनापुर गाउँपालिकालाईमा ६ महिना भित्र सबैको घरमा विद्युत बाल्ने गरी पहल गर्ने निर्वार्चित प्रदेश सभा सांसद कृष्ण केसी (नमुना)
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज मंसिर:  निर्वाचित भएका प्रदेशसभा तथा प्रतिनिधिसभाका सदस्यहरु बधाई तथा खुशीयाली साँट्न व्यस्त देखिएका छन् । आइतबार मध्यराती बाँकेको सम्पूर्ण प्रत्यक्षतर्फको सम्पूर्ण मतगणना सम्पन्न भएपछि निर्वाचित सांसदहरु मतदातालाई धन्यवाद दिनुका साथै कार्यकर्तामाँझ खुशीयाली साँट्नमा व्यस्त देखिएका हुन् ।
    सबैभन्दा धेरै सिट जितेको वाम गठबन्धनले सोमबार दिनभर बाँकेका विभिन्न स्थानमा विजय जुलुस निकालेर मतदातालाई मतका लागि धन्यवाद दिएका छन् । यसैबीच विजय जुशुलकै क्रममा बाँके निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा निर्वार्चित सांसद कृष्ण केसी (नमुना) ले राप्ती सोनारी र नरैनापुर गाउँपालिकालाई नमुना गाउँपालिका बनाएउने प्रतिबद्धता जनाएकि छन् ।
    आजको विजय जुलुशपछिको सभालाई सम्बोन गर्दै केसीले आफुलाई मत दिएर जिताउने क्षेत्रका नागरिकको क्षेत्र पनि नमूना बनाउने अठोट गरेकी हुन् । उनले ६ महिना भित्र सबैको घरमा विद्युत बाल्ने गरी पहल गर्ने र रोकीएको विद्युतिकरणको कार्यलाई सुचारु गर्न एक हप्ता भित्र ताकेता गर्ने प्रतिबद्धता पनि जनाएकी छन् । निर्वाचनको घोषणा पत्रमा गरिएका सबै प्रतिबद्धताहरुलाई क्रमश कार्यन्वयनको चरणमा लैजाने उल्लेख गरिकी छन् ।

  • २६ मंसिर २०७४, मंगलवार १२:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित