मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विराट र अनुष्काले इटली पुगेर विवाह गरे
  • मार्गरेखा संवाददाता

  • भारती क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड नायिका अनुष्का शर्माले इटली पूगेर विवाह गरेका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहदै आएका यी चर्चित जोडीले सोमबार इटलीमा विवाह गरेको फेमिलि स्टेटमेन्टमा जनाइएको छ ।

    विवाह समारोहमा परिवारका साथै केही साथीहरु समेत उपस्थित थिए। उनीहरुको हिन्दु परम्परा अनुसार नै विवाह गरिएको उक्त स्टेटमेन्टमा जनाइएको छ। विराट र अनुष्काका लागि टप फेसन डिजाइनर सबयसाची मुखर्जीले विवाहका लागि ड्रेस तयार पारेका थिए ।

    यी कपलले रिलेटिभ्सका लागि यही डिसेम्वर २१ मा नयाँ दिल्लीमा रिसेप्सन पार्टी दिनेछन् भने बलिउडकर्मी र क्रिकेटरका लागि डिसेम्वर २६ मा मुम्बईमा रिसेप्सन दिने उल्लेख छ ।

  • २६ मंसिर २०७४, मंगलवार १३:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित