मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ठुलो लगानीमा पब्लिक फर्निसिङ्गको सेवा प्रारम्भ
  • मार्गरेखा संवाददाता

  • यहाँका एक व्यवसायीले ठुलो लगानीमा तयारी फर्निचर तथा फर्निसिङ्ग का सामानहरुको विक्री वितरण शुरु गरेका छन् ।
    कोहलपुरका युवा व्यवसायी उमेश उप्रेतीले करिब ५० लाख बढि लगानीमा कोहलपुरमा मंगलबारबाट तयारी फर्निचर तथा फर्निसिङ्गका गुणस्तरीय सामाग्रीहरुको विक्री वितरण शुरु गरेका हुन् । पब्लिक फर्निचर एण्ड फर्निसिङ्ग नामको फर्मबाट युवा व्यवसायी उप्रेतीले अत्याधुनिक शो रुम सहित सेवा प्रारम्भ गरेका हुन् । मंगलबार शो रुम सहितको फर्मको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले रिबन काटेर फर्मको समुद्घाटन गरे । समुद्घाटन पछि बाणिज्य संघ अध्यक्ष अधिकारीले कोहलपुर क्षेत्रका नागरीकहरुको चाहना र माग धेरै पहिलेदेखि भएपनि ठुला लगानीमा यस्ता व्यवसायिक फर्महरु पर्याप्त नभएको बताए । उनले खुशी व्यक्त गर्दै भने–“उमेश जस्ता युवा व्यवसायीहरुले बजार माग अनुसार लगानी गर्दा लगानी सुनिश्चित हुने पक्का छ ।” यहाँका नागरीकहरुको जीवनस्तरको तुलनामा सहज रुपमा यस्ता सजावटका तयारी सामाग्रीहरु उपलब्ध हुन नसक्दा नेपालगञ्जसम्म पुग्नुपर्ने बाध्यता अब अन्त्य भएको उनको भनाई थियो ।

  • २६ मंसिर २०७४, मंगलवार १७:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित