मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बालबालिकाको संरक्षणमा नेपालगन्जका वडा बालसंरक्षण समितिहरु सक्रिय
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, २६ मंसिर / नेपालगन्ज उपमहानगरपालिका भित्रका ४ वटा वडामा वडा बाल संरक्षण समिति गठन गरिएपछि बालबालिकाको संरक्षणमा उल्लेख्य कार्य भएको छ ।
    वडा बाल संरक्षण समिति गठन गरिएपछि ती वडामा बिभिन्न प्रकारका जोखिममा रहेका, अपांगता भएका र बिद्यालय जान नपाएका थुप्रै बालबालिकालाई सहयोग र सुरक्षा गर्नुका साथै उनिहरुलाई बिद्यालयमा भर्ना समेत गराउन सकिएको जनाईएको छ ।
    नगर वडा बाल संरक्षण समितिहरु र जिल्ला बाल कल्याण समिति विच मंगलवार यहाँ आयोजना गरिएको बार्षिक समिक्षा कार्यक्रममा सहभागि वडा बाल संरक्षण समितिका पदाधिकारीहरुले सो कुरा जनाएका हुन् ।
    बाँके युनेस्को क्लवको आयोजना तथा सेभ द चिल्डे«नको सहयोगमा सम्पन्न भएको सो बार्षिक समिक्षा कार्यक्रममा बालवालिकाको संरक्षण, सिकाई, उपलव्धी, कार्यान्वयन लगायत बालवालिकाहरुको मुद्दाका वारेमा समिक्षा गरिएको थियो ।
    महिला तथा बालवालिका कार्यालयका प्रमुख तथा बाल कल्याण अधिकारी शोभा शाहले नगर वडा बाल संरक्षण समितिहरु ग्ठन गरिएपछि बालबालिकाको संरक्षणमा निकै उल्लेख्य कामहरु भएको पाईएको बताउनु भयो । उहाँले यसलाई अझै बढी सक्रिय पार्नु आवश्यक रहेको जनाउनु भयो ।
    नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक विकास अधिकारी कृष्ण प्रसाद जोशीले अन्य वडाहरुमा पनि वडा बाल संरक्षण समिति गठन गर्नेतर्फ नगरपालिकाको ध्यान आकर्षित भएको बताउनु भयो ।
    सो अवसरमा वडा बाल संरक्षण समितिको तर्फबाट गोविन्द घिमिरे, शान्ति राना, स्वेता तिवारी र दुर्गा बाल्मिकीले वडा वडा बाल संरक्षण समितिका गतिविधि प्रस्तुत गर्नु भएको थियो ।
    बाँके युनेस्को क्लवका सल्लाहकार निरज गौतमको सभापतित्वमा सम्पन्न भएको सो समिक्षामा बालवालिकाहरुको लागि स्थानिय तहमा योजना तर्जुमा गर्दा बालवालिकाको मुद्दालाई बढि प्रथामिकताका साथ लागु गरिनुपर्ने सहभागिहरुले जोड दिएका थिए । बालवालिकाको अधिकारका निम्ती गुणस्तरिय कार्यक्रम गर्न आवश्यक रहेको समेत उनिहरुले बताएका थिए ।
    स्थानिय स्तरमा समेत बालवालिकाहरुको ख्याल गरि कार्यक्रम तर्जुमा गर्नुपर्ने सहभागिहरुको जोड थियो । घरभन्दा विद्यालयमा बालवालिकाहरुको संरक्षण बढि हुने भएको ह्ुनाले सवै बालवालिकाहरुलाई विद्यालयमा भर्ना अनिवार्य गर्न जागरुक हुन आवश्यक रहेको उनिहरुले बताएका छन् ।
    समिक्षा कार्यक्रममा बाल अधिकार श्रोत व्यक्ति भिम राज अवस्थी, सेभ द चिल्ड्रेनका परियोजना अधिकृत विरेन्द्र थापा, बाँके युनेस्को क्लवका कार्यक्रम संयोजक आशिष बर्मा, बाँके युनेस्को क्लवका कार्यक्रम अधिकृत राम श्रेष्ठ लगायतले सहजीकरण गर्नुभएको थियो भने क्लवका वरिष्ठ उपाध्यक्ष सिराज खान, मिल अफिसर सोम डमनडौरा लगायतको उपस्थिति रहेको थियो ।

     

  • २६ मंसिर २०७४, मंगलवार १८:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित