मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राजपा चुनावमा सहभागी हुने
  • मार्गरेखा संवाददाता

  • राजपा चुनावमा सहभागी हुने

    काठमाडौं । सरकार र राष्ट्रिय जनता पार्टीबीच लामो समयदेखि संसदमा अड्किएको संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने सहमति भएको छ ।
    शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि संविधान संशोधन प्रस्ताव पास वा फेल जे भएपनि राजपा चुनावमा सहभागी हुन तयार भएको छ ।
    राजपा अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले दिएको जानकारीअनुसार मन्त्रिपरिषद्बाट अगाडि बढाउनुपर्ने विषय छिटो टुंग्याउने र संविधान संशोधनलाई अगाडि बढाउने दुई पक्षबीच सहमति भएको छ ।
    “संविधान संशोधन प्रस्ताव पारित हुने अवस्था देखेका छौं । राप्रपाले पनि यसलाई सहयोग गर्ने जनाइसकेको छ,” उनले भने, “पास नभएपनि खेलमा सहभागी भइसकेपछि हार–जित स्विकार गर्न हामी तयार छौं । यसलाई पास हुन नदिनेलाई जनताले दण्ड र सजाय दिनपर्छ । हामी त्यसपछि जनामा जान्छौं ।”
    रापपाले संविधान संशोधन, स्थानीय तहको संख्या वृद्धि नभएसम्म चुनावमा जनाने अडान लिँदै आएको थियो ।
    बिहीबार मात्रै सर्वोच्च अदालतले सरकारले स्थानीय तहको संख्या थपको निर्णय कार्यन्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको छ । जसलाई राजपाले स्वागत समेत गरेको थियो ।

     

  • २७ श्रावण २०७४, शुक्रबार १२:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित