मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके,बर्दिया र दाङ्गमा समानुपातिक तर्फ नेपाली काँग्रेस पहिलो र रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो
  • मार्गरेखा संवाददाता

  •  

     

     

    नेपालगञ्ज मंसिर २७ ।

    बाँकेमा समानुपातिकतर्फको मतगणनामा नेपाली काङ्ग्रेस पहिलो दल बनेको छ । नेकपा एमालेको प्रभाव रहेको क्षेत्र नम्बर  ३ मा समेत नेपाली काँग्रेसको अग्रता रहेको छ । तर एमाले कमजोर मानिएको क्षेत्र नम्बर २ मा भने एमाले काँग्रेस भन्दा अगाडी रहेको छ ।   दुई लाख ७६ हजार  ७१६ मतदाता मध्ये बाँकेमा एकलाख ९६ हजार १२६ मत खसेको
    थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधीसभाका ३ वटै निर्वाचन र प्रदेशसभाका सबै ६ निर्वाचन क्षेत्रको समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ ।

    प्रतिनिधीसभा तर्फ नेपाली काङ्ग्रेसले ५० हजार ८५६ मत प्राप्त गरी पहिल दल बनेको छ । यसैगरी नेकपा एमाले ४८ हजार ६९७ मत प्राप्त गरी दोस्रो दल बनेको छ । संघीय समाजवादी फोरमले २६ हजार ६४, नेकपा माओवादी केन्द्रले २२ हजार ७६२, राप्रपाले ८ हजार १०४ र विवेकशील साझा पार्टीले दुई हजार १९५ मत प्राप्त गरेको छ ।
    बाँकेमा खसेको मत मध्य करिब १३ प्रतिशत अर्थात २६ हजार ९९६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    प्रतिनिधि तथा प्रदेशसभा समानुपातिक निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेस पहिलो भएको छ। बर्दियाका दुईवटा प्रनिनिधिसभाअन्तर्गत समानुपातिक तर्फको अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेसले ६६ हजार ८९ मत प्राप्त गरी अग्रस्थानमा रहेको सूचना अधिकृत देवराज भारतीले बताए। उनकाअनुसार नेकपा एमालेले ४६ हजार ७२८ मत प्राप्त गरी दोस्रो स्थानमा छ। माओवादी केन्द्रले ४५ हजार ६९८ मत प्राप्त गरी तेस्रो स्थानमा छ।
    प्रदेशसभा समानुपातिकतर्फ चारैवटा प्रदेशबाट नेपाली कांग्रेसले ६० हजार ४४३, माओवादी केन्द्रले ४४ हजार १२८ र नेकपा एमालेले ४४ हजार ११४ मत प्राप्त गरेका छन्। प्रदेशसभातर्फ नेपाली कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा छन्। प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट नजितेको कांग्रेस समानुपातिकमा भने जिल्लामा पहिलो दल भएको छ। २ लाख २९ हजार ४ सय ५२ समानुपातिक मत खसेकोमा समानुपातिकमा प्रतिनिधिसभा तथा प्रदेशसभा दुवैतर्फ नेपाली कांग्रेस पहिलो बनेको हो।
    यसैगरि समानुपातिकमा दाङमा प्रतिनिधिसभातर्फ ५१ दल र प्रदेशसभातर्फ २७ दलले मत प्राप्त गरेका छन्। प्रतिनिधिसभातर्फ कांग्रेसले ७३ हजार ९ सय ९३ मत प्राप्त गरेर पहिलो दल बनेको हो। त्यसैगरी दोस्रोमा रहेको नेकपा एमालेले ७३ हजार ११मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ४३ हजार १सय ५९ मत प्राप्त गरेको छ। त्यसैगरी राष्ट्रिय जनमोर्चाले ४ हजार ६ सय ९८, विवेकशील साझा पार्टीले पाँचौ स्थानमा रहँदै ४ हजार ५ सय ९२ मत प्राप्त गरेको छ। त्यसैगरी राप्रपाले १ हजार ६ सय ७७ मत प्राप्त गरेको छ।
    त्यसै गरेर प्रदेशसभातर्फ नेपाली कांग्रेसले ६९ हजार ६५, नेकपा एमालेले ६५ हजार १सय ६७, माओवादी केन्द्रले ४४ हजार ८ सय १७, राजमोले ४ हजार ६ सय ३५, विवेकशील साझा पार्टीले ३ हजार २ सय ४३ र राप्रपाले १ हजार ९ सय ५१ मत प्राप्त गरेको छ।
    यसैगरि रोल्पामा समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा माओवादी केन्द्रले २७ हजार २ सय २० र प्रदेशसभामा २५ हजार २ सय ६० मत प्राप्त गरी पहिलो भएको हो। नेपाली कांग्रेसले प्रतिनिधि सभातर्पm १५ हजार ८ सय ४७ र प्रदेशसभामा १४ हजार ४ सय १८ मत पाएर दोस्रो भएको हो। एमालेले १० हजार ५ सय ४५ प्रतिनिधिसभा र १० हजार २ सय ७१ मत ल्याएर तेस्रो तह कायम गरेको छ।
    प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ८ सय ३३ र प्रदेशका लागि १ हजार १९ मत ल्याएको छ। नेकपा ९माले० र जन समाजवादी पार्टीले प्रतिनिधिसभाका लागि १ हजार १९ र प्रदेशमा ९ सय ७६ मत ल्याएका छन्। राप्रपा ९प्रजातान्त्रिक० ले प्रतिनिधिसभामा ६ सय ७५ र प्रदेशमा १ हजार १९ मत पाएको छ।
    समानुपातिकतर्फको मत गणना कार्य मंगलबार सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले जानकारी दिए। समानुपातिक मतपत्रमा भएका चिन्ह प्रायःमा मत खसेको छ। अन्य पार्टीले हजार भन्दा कम मत पाएका छन्। नेपाली दलित पार्टी, देशभक्त समाज र हाम्रो पार्टीले १÷१ मत पाएका छन्। मतपत्रका चिन्ह कोही खाली थिएनन्। जिल्लामा पार्टी संगठन नभएकाको चिन्हमा पनि मत संकेट थिए। विवेकशील साझा पार्टीलाई ८८ मत र नयाँ शक्तिलाई २४ मत प्राप्त भएको छ।
    समानुपातिकमा ७० हजार ५ सय ७० खसेको मतमा प्रतिनिधिसभातर्फ ५९ हजार ७६ सदर र ११ हजार ४ सय ९४ बदर भए। प्रदेशसभातर्फ १५ हजार ७ सय ६६ वदर भयो भने ५४ हजार ८ सय ४ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

     

     

  • २७ मंसिर २०७४, बुधबार १६:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित