मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा बिद्यालय सुरक्षाका कार्यक्रमको प्राथमिक उपचार तालिम सम्पन्न
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, मंसिर २७ गते । बाढीको जोखिममा रहेका बिद्यालयका शिक्षक शिक्षिकाहरुका लागि यहाँ आयोजना गरिएको प्राथमिक उपचार तालिम बुधवार सम्पन्न भएको छ ।
    तीन दिनसम्म संचालन गरिएको सो तालिमको समापन बाँके युनेस्को क्लबका वरिष्ठ सल्लाहकार निरज गौतमले गरे । सो अवसरमा बोल्दै उहाँले जिल्लाका केही क्षेत्रमा बर्षेनी बाढी लगायतका प्राकृतिक विपद आउने भएकोले यस्ता तालिम निकै उपयोगी हुने बताए ।
    उनले तालिममा सिकेका कुाहरुलाई ब्यबहारमा उतारेर बिद्यार्थीको सुरक्षामा ध्यान दिन सहभागिहरुलाई बिशेष आग्रह गरे ।
    सो अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटी बाँकेका तालिम संयोजक निरन्जना मल्लले यो तालिम लिएपछि गरेका कामहरुको लेखा जोखा राख्न शिक्षकहरुलाई आग्रह गर्दै सोहीका आधारमा मूल्यांकन हुने बताउनु भयो ।
    उहाँले तालिममा ९९ प्रतिशत सहभागि सफल भएको जनाउँदै एक जनाले मात्र प्रमाणपत्र पाउन नसकेको बताउनु भयो ।
    सो अवसरमा सेभ द चिल्ड्रेन काठमाण्डौका वरिष्ठ कार्यक्रम संयोजक हरि डंगोल, बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, नेपाल रेडक्रस सोसाइटी बाँकेका तालिम संयोजक निरन्जना मल्ल र क्लबका वरिष्ठ सल्लाहकार गौतमले सहभागीहरुलाई प्रमाणपत्र बितरण गर्नुभयो ।
    बाढी, डुबान लगायत अन्य बिभिन्न प्रकारका प्राकृतिक विपदको समयमा बिद्यालयका बालबालिकालाई हुने हानीबाट जोगाउनका लागि प्राथमिक उपचार दिन सिकाउने उदेश्यले सो तालिमको आयोजना गरिएको थियो ।
    सेभ द चिल्ड्रेन र युरोपियन युनियनको सहयोगमा जिल्ला शिक्षा कार्यालय र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा बाँके युनेस्को क्लबद्धारा जिल्लाका ३० वटा बिद्यालयमा संचालन गरिएको बिद्यालय सुरक्षा कार्यक्रम अन्तर्गत सो तालिमको आयोजना गरिएको हो ।
    यसअघि सो तालिमको उद्घाटन बाँकेका जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदले गर्नु भएको थियो ।
    बाँके जिल्लाका राप्तीसोनारी, डुडुवा र नरैनापुरका २ निजि र १३ सरकारी बिद्यालय गरी १५ वटा बिद्यालयका ३० जना शिक्षक शिक्षिकाको तालिममा सहभागिता रहेको थियो ।
    तीन दिनसम्म संचालन गरिएको सो तालिममा नेपाल रेडक्रस सोसाइटी बाँकेका तालिम संयोजक निरन्जना मल्ल, प्रहलाद बिश्वकर्मा, सिता कुमारी वली, सन्तोष कुमार मौर्य र सुशिल चौधरीले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो ।
    तालिममा प्राथमिक उपचारबारे जानकारी गराउनुका साथै चोटपटक, रगत बग्ने, टाउकोको चोटपटक पत्ता लगाउने र जलेको, बिष तथा जनावरको टोकाईपछिको प्राथमिक उपचार कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिईएको थियो

  • २७ मंसिर २०७४, बुधबार २०:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित