२७ मंसिर, नेपालगञ्ज । नेकपा एमाले नेता तथा नवनिर्बाचित प्रदेश सभा सदस्य शंकर पोखे्रलले नेकपा(एमाले) र नेकपा(माओबादी) केन्द्र एउटै घोषणा पत्रमा चुनाव लडेको कारण सरकारको नीति तथा कार्यक्रमहरु एउटै हुने भन्दै केन्द्र र प्रदेश सरकार गठनपछि मात्र पार्टी एकता हुने बताएका छन् ।
नेपालगञ्जमा बुधबार प्रेस चौतारी नेपाल बाँकेले आयोजित पत्रकार सम्मेलनमा पोखरेलले एक महिना भित्र केन्द्रीय सरकार निर्माण हुने र केन्द्रीय सरकार गठन पछि नै प्रदेश सरकारका लागि पहल हुने बताए । उनले भने, बर्तमान सरकारले निर्वाचन पहिला नै प्रदेश सरकारको लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने भएपनि सो नगरेको कारण केही समय अलमल हुनसक्छ ।’
नेता पोख्ररेलले जनताबाट अस्वीकृत भएको बर्तमान सरकारलाई दिर्घकालिन असर पर्नेर् खालका राजनीतिक नियुक्ति गर्ने नैतिक अधिकार नभएको बताउदै सरकारले तत्काल नरोके नयाँ जनादेशका साथ निर्वाचित भएर आउने सरकारले सबै खारेज गरेर अघि बढ्ने बताए ।
नेता पोख्ररेलले कम्युनिष्टले जितेमा अधिनायकबाद लाद्छ भनेर कुर्लनेहरुलाई जनताले नै बहिस्कार गरेको दाबी गर्दै भने, ‘जनताले कम्युनिष्टहरु नै सच्चा लोकतन्त्रवादी हुन भनेर सन्देस दिदै जनादेश दिएकोले अनावश्यक हल्ला गर्नेहरु किनारा लागेका छन् ।’