मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आलुको बोक्रा नताछ्नुस आलु स्वादिलो त हुन्छ नै, पौष्टिक पनि । आलुमा के पाइन्छ ?
  • मार्गरेखा संवाददाता

  • हरेकको भान्सामा, हरेक छाक पाक्छ आलु । आलुको अनेक परिकार बन्छ । आलुलाई जसरी पनि खान सकिन्छ । उसिनेर खाए भयो । प|mाइ गरे भयो । अरु तरकारीसँग मिसाउन सकियो । अचार बनाएर खान सकियो । तरकारी, खाजा सबै रुपमा आलु उपयोगी हुन्छ । पाचन यन्त्रमा सुधार, उच्च रक्तचाप नियन्त्रण, प्रतिरक्षा प्रणाली बलियो बनाउन आलु उपयोगी मानिन्छ ।

    आलु स्वादिलो त हुन्छ नै, पौष्टिक पनि । आलुमा के पाइन्छ ?

    –     एउटा आलुमा १ सय १२ क्यालोरी उर्जा हुन्छ

    –     २ प्रतिशत प्रोटिन हुन्छ

    –     १ प्रतिशत खनिज हुन्छ

    –     ८० प्रतिशत पानी हुन्छ

    –     सय ग्राम आलुको खानयोग्य भागमा २२ दशमलव ९ प्रतिशत कार्वोहाइड्रेट हुन्छ

    –     ० दशमलव ६ ग्राम मिनरल्स हुन्छ

    –     आलु भिटामिन सिको राम्रो स्रोत हो

    तर, गल्ती गर्छौ

    यद्यपी आलु पकाउने क्रममा हामी यस्तो गल्ती गर्छौ, जसले यसमा रहेको पौष्टिक तत्व नष्ट हुन्छ । र, आलुको पोषक तत्व त्यसको बोक्रामा बढी हुन्छ, जुन हामी ताछेर मिल्काउँछौ ।

    आलुको बोक्रा स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

    १. बोक्रासहित आलुको तरकारी पकाउँदा यसको स्वाद त बढ्छ नै अतिरिक्त पोषण पनि प्राप्त हुन्छ । किनभने आलुको बोक्रा पोषक तत्वले भरिपूर्ण हुन्छ ।

    २. बोक्रासहित आलुको सेवनले फाइबर पनि प्राप्त हुन्छ र पाचन सम्वन्धि समस्याहरुको सामना गर्नु पर्दैन ।

    ३. आलुको बोक्राको सेवनले तपाईंको मेटाबोलिज्म मात्र बढाउँदैन कि शरीरमा आइरनको कमी पनि पूरा गर्छ र एनीमियाबाट पनि बचाउँछ । आलुको बोक्रा आइरनबाट भरपुर हुन्छ ।

    ४. स्वास्थ्यका लागि मात्र नभएर सौन्दर्यका निम्ति पनि आलुको बोक्रा लाभदायक हुन्छ । आलुको बोक्रालाई छालामा रगड्दा छालाको चाउरीपन तथा दाग धब्बाबाट बच्न सकिन्छ ।

    ५. आलुको बोक्राले कपाललाई पनि मजबुत बनाउन सहयोग गर्छ । गर्मीमा त्वचालाई शीतलता प्रदान गर्न पनि आलुको बोक्रा काम आउँछ ।अनलाइन खबर बाट

  • २९ मंसिर २०७४, शुक्रबार १५:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित