मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लोपन्मुख पुत्का मौरीको संरक्षणमा मौरी किसान बस्नेत
  • मार्गरेखा संवाददाता

  • लोपन्मुख पुत्का जातको मौरी संरक्षणमा यहाँका एक मौरीपालक किसान लागिपरेका छन् ।
    नेपालमै पहिलो पटक कोहलपुरका मौरीपालक किसान पूर्मल बस्नेत पुत्का जातको मौरी संरक्षणमा जुटेका छन् । राज्यस्तरबाट कुनै चासो नदेखाएपछि पुत्का जातको मौरी संरक्षणमा आपूm जुटेको मौरी पालक किसान बस्नेत बताउँछन् । विशेष गरी पुरानो रुखको टोट्कामा बस्ने यो जातको मौरीको अस्तित्व संकटमा परेपछि जिल्लाका विभिन्न जंगलबाट संकलन गरेर ५ घार (गोला) पुत्का जातको मौरी लाई सिर्जना सामुदायिक वनमा अवस्थित भ्यू टावर परिसरमा आप्mनै प्रयासमा स्थानान्तरण गरेका छन् । मौरी विशेषज्ञ समेत रहेका वस्नेत भन्छन्–आकारमा सबैभन्दा सानो प्रजातीको यो मौरीको प्रजाती नेपालमा लगभग संकटमा परिसकेको छ । हामीहरुले केही पहल नगरे यसको अस्तित्व समाप्त हुने अवस्था छ । पछिल्लो समयमा मौरी पालक किसान बस्नेतले स्थानान्तरण गरेका ५ गोला पुत्का जातका मौरीले विस्तारै चर्चा पाउन थालेको छ । विहिवार मात्रै गोरखा युनाइटेड पब्लिक स्कूलका सय बढि विद्यार्थीहरुले स्थलगत अवलोकन गरेर यसको बारेमा जानकारी लिएका छन् । आयुर्वेद चिकित्साशास्त्रमा अति महत्व राख्ने पुत्का जातको मौरीको मह स्वास्थ्यका लागि अति नै लाभदायक हुने बस्नेतको भनाई छ । नेपालमा रहेका सामुदायिक वनहरुले पुरानो रुखहरु कटान गर्ने, वैज्ञानिक वन फडानीले पुत्का मौरीको संकटको मुख्य कारण रहेको मौरी किसान बस्नेत बताउँछन् । यसका लागि राज्यले ठोस नीति अघि नल्याउँदा यसको अस्तित्व समाप्त हुने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । राज्य पक्ष यसको संरक्षणमा चुकेपनि आपूm निरन्तर रुपमा यसको संरक्षण र सम्बद्र्वनमा लागिपर्ने उनले प्रण व्यक्त गरेका छन् । राज्य पक्षबाट तथा सम्बन्धित सरोकारवाला निकायबाट यसको संरक्षणका लागि प्राविधिक ज्ञान तथा तालिम आपूmलाई प्रदान गरेको खण्डमा यसको संरक्षणमा थप टेवा पुग्ने उनको भनाई छ ।
    पर्यावरणीय दृष्टिकोणले पुत्का जातको मौरीको वासस्थान सन्तुलनमा रहने मौरीपालक किसान वस्नेत बताउँछन् । यो जातको मौरी रहने स्थानमा बाघ, सर्प र अन्य जंगली जनावरहरु प्रसस्त रुपमा भेटिने तथ्य समेत रहेको उनको भनाई छ । मानव जीवनचक्रका हकमा पनि कुनै प्रकारको वातावरणीय नकारात्मक प्रभाव नहने वैज्ञानिकहरुले पुष्टि गरेको उनी बताउँछन् ।

  • २९ मंसिर २०७४, शुक्रबार १६:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित