मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राखेर योजना, कार्यक्रम नेपालगन्ज उपमहानगर ल्याउने मेयर डा धवल शमशेर राणा
  • मार्गरेखा संवाददाता


  • नेपालगञ्ज, मंसीर २९ गते । १४ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीका दिवसका अवसरमा नेपालगञ्जमा प्रभातफेरी, स्वयंसेवीका सम्मान लगायतका कार्यक्रम गरिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा नेपाल महिला स्वास्थ्य स्वयंसेवीका संघ, जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहकार्यमा आज ब्याण्ड बाजासहित नगरमा ¥याली निकालिएको छ भने एक साथ विभिन्न वडाका २३ महिला स्वयं सेवीकालाई सम्मान पनि गरिएको छ । दिवस १९ गते भएपनि प्रतिनीधी तथा प्रदेस सभाको निर्वाचनका कारण केही दिन स्थगीत गरि आज मनाइएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको गेटबाट सुरु प्रभातफेरी त्रिभुवन चौक, चारवाहीनी चौक, गणेशमान चौक हुँदै होटेल बाटीकामा पुगेर सभामा परिणत भएको थियो । महिला स्वास्थ्य स्वयं सेवीको निस्वार्थ सेवाः स्वस्थ, समृद्ध राष्ट्र निर्माणमा टेवा भन्ने मुल नारासहितको ¥यालीमा स्वयंसेवीले वाजागाजा, नाचगानसहित सचेतना फैलाएका थिए । निरन्तर स्वास्थ्य सेवामा योगदान पु¥याएको भन्दै नेपालगञ्ज उपमहानगरपालिका भित्रका २३ जना महिला स्वयं सेवीकालाई सम्मान पत्र, तामाको कलश, दोसल्लासहित सम्मान गरिएको थियो । सम्मान गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राखेर योजना, कार्यक्रम ल्याउनु पर्ने आवश्यक्ता औल्याउनु भयो । स्वयंसेवीले सरकारका स्वास्थ्य लगायतका विभिन्न कार्यक्रम र अभियानलाई सफल बनाएको स्मरण गर्दै उहाँले सोही अनुसारका सेवा सुविधा दिन स्थानीय सरकार प्रतिवद्ध रहनुपर्नेमा जोड दिनु भयो ।
    स्वयंसेवीलाई हेर्र्ने सोंचमा सकरात्मक परिवर्तन आउन पनि जरुरी रहेको उहाँको तर्क थियो ।
    जिल्ला जनस्वाथ्य कार्यालय बाँकेका निमीत्त प्रमुख चक्र बहादुर खडकाले महिला स्वयं सेवीको भूमिका र जिम्मेवारी मानवीय सम्वेदनशिलता र स्वास्थ्यसँग जोडिएकाले थप उत्तरदायी बन्नुपर्ने सुझ्याउनु भयो । महिला स्वास्थ्य स्वयंसेवीका संघकी अध्यक्ष मन कुमारी सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत एवं स्वास्थ्य संयोजक सरोज कुमार शाह, जिल्ला जनस्वास्थ्य परिवार नियोजन शाखाका सुपर भाइजर अधिकृत बसन्त गैरे, स्वयं सेवीका अक्षय कोषकी अध्यक्ष नारायणी रुपाखेती लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो । स्वास्थ्यसँग सम्वद्ध संघ संस्था, स्वयंसेवी लगायतको उपस्थिती रहेको कार्यक्रमको स्वागत मन्तव्य महिला स्वास्थ्य सवयंसेवीका गिता रानाले गर्नु भएको थियो भने सञ्चालन उपमहानगरपालिकाका सीनियर अहेव अधिकृत हरिहर तिवारीले गर्नु भएको थियो ।

     

  • २९ मंसिर २०७४, शुक्रबार १६:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित