मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एन प्याब्सन कोहलपुरको प्रतियोगितात्मक कार्यक्रम सम्पन्न
  • मार्गरेखा संवाददाता

  • कोहलपुरमा सूचना प्रविधीको माध्यमबाट शैक्षिक प्रतियोगिता सञ्चालन गरिएको छ ।
    एन प्याब्सन कोहलपुर नगर कमिटीको आयोजनामा कोहलपुरका १० वटा संस्थागत विद्यालयबीच आधारभूत तह अन्र्तगत पहिलो कार्यक्रम स्पेलिङ्ग प्रतियोगिता ज्ञानोदय सामुदायिक पुस्तकालयको सभाहलमा सम्पन्न भएको हो । मोवाइल एप्समार्फत प्रतियोगिता सञ्चालन गराइएको हो ।
    प्रतियोगिता शुरुपूर्वको उद्घाटन समारोहमा कोहलपुर नगरपालिकाका शिक्षा उप सचिव मन प्रसाद रेग्मीले यस्ता प्रतियोगिताहरुले विद्यार्थीहरुमाझ स्वयम् आप्mनो मूल्यांकन गर्न मद्दत पुग्ने भएकाले यस्ता कार्यक्रमहरुले निरन्तरता पाइरहनुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अथिति समेत रहेका उप–सचिव रेग्मीले यस्ता अतिरिक्तमूलक प्रतियोगिताहरुबाट विद्यार्थीहरुको सिकाईमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
    एन प्याब्सन कोहलपुर नगर कमिटि अध्यक्ष किशोरराज मल्लको सभापतित्वमा सञ्चालन भइरहेको कार्यक्रममा एन प्याब्सन नेपालका केन्द्रिय सदस्य कुसुम रानाभाट, एन प्याब्सन प्रदेश नं. ५ का प्रादेशिक सदस्यहरु कमल पछाई, गोविन्द चौधरी, एन प्याब्सनका जिल्ला अध्यक्ष कुबेर बस्नेत, जिल्ला सचिव श्याम कुवर लगाएत विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक कर्मचारी लगाएतको उपस्थिती रहेको छ । सूचना प्रविधीको प्रयोग मार्फत सञ्चालित प्रतियोगितामा कोहलपुर वागेश्वरी मा.वि. प्रथम, वेष्टर्न मा.वि. र पञ्चमुखी मा.वि. द्वितिय र दिव्य विद्या सदन मा.वि. तृतीय भएको एन प्याब्सन कोहलपुर नगर कमिटी सचिव शिव डांगीले बताए । प्रतियोगिता सञ्चालनका लागि मोवाइल एप्स प्रयोग गरेर नयाँ प्रविधीको शुरुवात एन प्याब्सन कोहलपुर नगर समितिले इतिहास रचेको डांगी बताउँछन् ।

  • २९ मंसिर २०७४, शुक्रबार १७:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित