यस वर्षको पूर्णिमा साहित्य रत्नबाट बरिष्ठ कथाकार महेश विक्रम शाह सम्मानित भएका छन् ।
हरेक वर्ष हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेले प्रदान गर्दै आइरहेको पूर्णिमा साहित्य रत्नबाट नेपाली आख्यानमा कथाका माध्यमद्वारा नेपाली साहित्यमा उल्लेख योगदान पु¥याएको भन्दै प्रतिष्ठानले बरिष्ठ कथाकार शाहलाई सम्मान गरेको हो । एक भव्य साहित्यिक समारोहकाबीच कथाकार शाहलाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य एवम् साहित्यकार सनत रेग्मीले कथाकार साहित्यलाई सम्मान गरे । नगद ११ हजार रुपैयाँ र कदर पत्रबाट कथाकार साहित्यलाई पूर्णिमा साहित्य रत्नबाट विभुषित भएका हुन् ।
सम्मान ग्रहण पछि बोल्दै बष्ठि साहित्यकार तथा नेपाल प्रहरीका बरिष्ठ प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक समेत रहेका शाहले सानै उमेरदेखि साहित्य क्षेत्रमा विशेष लगाव भएपनि प्रहरी सेवामा संलग्नता जनाइसकेपछि साहित्यमा कलम चलाउन प्रेरित भएको बताए । तत्कालिन संकटकालको समयमा रोल्पामा आपूm कार्यरत रहँदा द्वन्द्वलाई नजिकबाट चित्रण गर्ने अवशर मिलेपछि छापामारको छोरो नामक कथा संग्रह प्रकाशनमा ल्याएको उनले जानकारी दिए । उनका छापामारको छोरो, सिपाहीकी स्वास्नी बहुचर्चित कृति हुन् । छापामारको छोरो कृतिले मदन पुरस्कार समेत पाएको थियो ।
शनिवार कोहलपुरमा सम्पन्न भव्य साहित्यिक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हरी तिमिल्सेना, कवि मोमिला जोशी, दाङ जिल्ला अदालतका न्यायधिस हेमन्त रावल, प्रगतिशील लेखक संघ बाँके अध्यक्ष मणी अर्याल, अवधी साँस्कृतिक प्रतिष्ठानका भिष्मलाला कुमाल, कवि तथा साहित्यकार केशब सिग्देल, साहित्यकार सृजन लम्साल लगाएतका साहित्यकारहरुको उपस्थिती रहेको थियो ।
एकल कविता वाचनले सन्नाटा छायो
कार्यक्रममा चर्चित कवि तथा साहित्यकार मोमिला जोशीले एकल कविता वाचन गर्दा कार्यक्रमस्थल कवितामय बनेको थियो। जोशीले कविता वाचन गर्दा उपस्थित दर्शक तथा श्रोताहरुमा सन्नाटा छाएको थियो । कवि जोशीले करिब १ घण्टा सम्म आप्mना उत्कृष्ट कविता वाचन गर्दा दर्शक तथा श्रोताहरु मन्त्रमुग्ध भएका थिए । गद्य कविताका माध्यमबाट राष्ट्रिय स्तरमा फरक पहिचान बनाउन सफल जोशीले मोफसलको साहित्यिक गतिविधीले राष्ट्रिय तथा अन्तरािष्ट्रय साहित्यलाई जोड्न सफल हुनेमा आपूm विश्वस्त रहेको कविता वाचनका क्रममा बताइन् ।