मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पाँच मिनेट नृत्य पाँच करोड पारिश्रमिक लिने प्रियंका
  • मार्गरेखा संवाददाता

  • बलिउड अभिनेत्री प्रियंका चोपडा आजकाल हलिउडमा बढि व्यस्त छिन् । उनी कहिलेकाहीँ मात्र भारत आउँछिन् र केही दिन बसेर फेरि अमेरिका फर्किन्छिन् ।

    यसैबीच, प्रियंकाले यसै महिनाको अन्त्यमा आयोजना हुने जि सिने अवार्डमा पर्फम गर्ने निश्चित भएको छ । उक्त कार्यक्रममा उनले पाँच मिनेट नृत्य गर्नेछिन् । प्रियंकाले सो प्रस्तुतिका लागि लिन लागेको पारिश्रमिक चर्चाको विषय बनेको छ ।

    भारतीय मिडियाका अनुसार प्रियंकाले मिनेटको १ करोड भारुका दरले पारिश्रमिक लिने तय भएको छ । यस अनुसार उनले पाँच मिनेटको पाँच करोड पाउनेछिन् ।

    प्रियंकाले दुई वर्षपछि भारतमा पर्फम गर्न लागेकी हुन् । यसमा उनले आफ्ना सुपरहिट गितहरुमा डान्स गर्ने बताइएको छ । यसअघि आइफा अवार्डमा पनि उनी नाच्ने चर्चा चलेको थियो । तर, पारिश्रमिकमा कुरा नमिलेपछि नाचिनन् ।

  • २ पुष २०७४, आईतवार १२:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित