मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सिंगापुरलाई ७१ रनले पराजित पराजित गर्दै एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
  • मार्गरेखा संवाददाता

  • पुस २, २०७४-नेपाल यू-१६ राष्ट्रिय क्रिकेट टोलीले सिंगापुरलाई ७१ रनले पराजित पराजित गर्दै एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको उपाधि जितेको छ ।

    टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन जोडेको थियो । नेपालका लागि नियमित कप्तान रीत गौतमको स्थानमा कप्तानी गरिरहेका विशाल केसीले ६३ रन जोडे । रीत चोटका कारण फाइनलमा उपस्थित रहेनन् । नारायण जोशीले २३ बलमा अविजित ४६ रन जोडेपछि नेपालले बलियो लक्ष्य प्रस्तुत गरेको थियो

    जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरले ३२ हौं ओभरमा सबै विकेट गुमाउँदै १ सय १२ रन मात्र जोड्न सक्यो । नेपालका लागि सूर्य तामाङ र अजय कुमार लुनियाले ३-३ विकेट लिए ।

    नेपालले २०१४ मा मलेसियामा एसीसी यू-१६ प्रिमियरको नामले आयोजना गरेको पछिल्लो प्रतियोगिता पनि जितेको थियो

  • २ पुष २०७४, आईतवार १४:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित