मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके युनेस्को क्लब र सामाजिक विकास मञ्चद्धारा संचालन परियोजनाको अनुगमनबारे छलफल
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, पुस २ गते । बाँकेको नेपालगन्ज उपमहानगरपालिका र सो वरिपरिका क्षेत्रमा गैर सरकारी संसंस्थाहरुबाट संचालित शिक्षा, स्वास्थ्य, आयआर्जन र बाल संरक्षण सम्बन्धि विभिन्न कार्यक्रमको संयुक्त अनुगमन तथा कार्यक्रमको अवस्था बारे गहन छलफल गरिएको छ ।
    सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लब र सामाजिक विकास मञ्चद्धारा यहाँ संचालन गरिएका बिभिन्न कार्यक्रमको आइतवार जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिले बार्षिक अनुगमन गरेर निष्कर्श बैठक समेत गरेको छ ।
    जिल्ला समन्वय समिति तथा परियोजना सल्लाहकार समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवको अध्यक्षतामा भएको अनुगमन तथा अनुगमनपश्चातको निष्कर्श बैठकमा सहभागि अधिकांश सल्लाहकार समितिका सदस्यहरुले कार्यक्रमहरु निकै प्रभावकारी र लाभदायक भएको पाईएको प्रतिक्रिया दिएका थिए ।
    सो अवसरमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीवास्तवले नेपालगन्ज उपमहानगर जस्तो शहरी क्षेत्रमा समेत शिक्षाका ड्रप आउट हुनु, बालबालिका बिद्यालयबाट बाहिर हुनु र बाल संरक्षणको अवस्था दयनीय हुनु चिन्ताको बिषय भएको जनाउँदै बाँके युनेस्को क्लब र सामाजिक विकास मञ्चद्धारा संचालन गरिएको कार्यक्रमबाट अवस्था फेरिंदै गएको पाईएको बताउनु भयो ।
    अभिभावकको शिक्षामा कमी र चेतनाको अभावकै कारण यी सबै समस्या आएको जनाउँदे उहाँले अभिभावकलाई चेतनशिल बनाउने अभियान संचालन गर्नु पर्नेमा जोड दिनुभयो ।
    महिला तथा बालबालिका कार्यालय बाँकेका प्रमुख शोभा शाहले उपमहानगरको चिडिमार बस्ती, घसियारा टोल र कसगर टोल जस्ता ठाउँका बालबालिकाको शिक्षा र संरक्षणमा उल्लेखनीय काम भएको पाईएको जनाउँदै निरन्तरताका लागि बिशेष जोड दिनु भयो ।
    यसैगरी बाँकेका उप जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापाले नेपालगन्जमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा संघसंस्थाको सहयोगमा उल्लेखनीय काम भएको बताउनु भयो । उहाँले सहयात्रा परियोजनामार्फत नगरका बिद्यालय बाहिरका बालबालिकालाई बिद्यालयमा पुर्याउने कार्य भैरहेको बताउनु भयो ।
    सो अवसरमा बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, सामाजिक विकास मञ्चका घनश्याम भुषाल, जिल्ला युवा समितिका राम सुरेश यादव र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक आशिष बर्माले कार्यक्रमका बारेमा जानकारी गराउनु भयो ।
    बिभिन्न सरकारी र गैर सरकारी कार्यालयका प्रमुख, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारको सहभागिता रहेको सो अनुगमन टोलीलाई ३ समुहमा बितरण गरेर विभिन्न कार्यक्रमको स्थलगत अनुगमन गराईएको थियो ।
    सो अनुगमन टोलीमा जिल्ला समन्वय समिति, जिल्ला शिक्षा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय, शिप विकास तालिम केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, नेपालगन्ज उद्योग बाणिज्य संघ, गैसस महासंघ, जिल्ला बाल क्लब संजाल, नेपाल पत्रकार महासंघका प्रमुख र प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
    सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले सहयात्रा र मातृ तथा नवजात शिशु स्याहार परियोजना संचालन गरिरहेको छ भने सामाजिक विकास मञ्चले युवा शसक्तिकरण परियोजना संचालन गरिरहेको छ ।

  • २ पुष २०७४, आईतवार १८:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित