मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जको शैक्षिक महोत्सवमा बिज्ञान प्रदर्शनीले ध्यान खिच्यो
  • मार्गरेखा संवाददाता

  • बाके २ पुस  नेपालगन्जमा सञ्चालन भइरहेको शैक्षिक महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको गीत तथा नृत्यले दर्शकको ध्यान तानेको छ नै साथै बिभिन्न विद्यालयका विद्यार्थीहरुले राखेको बिज्ञान प्रदर्शनीका स्टलहरुले सबै धेरै ध्यान खिचेको छ ।
    बिद्यार्थी, शिक्षक मात्र होइन अन्य दर्शकहरुले बिद्यार्थीहरुको बिज्ञान प्रदर्शनीमा झुम्मिएको देख्न पाईन्छ । ज्ञानोदय मावि खजुरा, स्प्रिङ्गडेल, पशुपति, जेनिथ बोर्डिङ्ग लगायतका स्कुलले बिज्ञान प्रदर्शनी गरिरहेका छन् । उनीहरु आफै स्टलमा बसेका छन् भने बिज्ञान प्रदर्शनीका बिषयमा आगन्तुकहरुलाई जानकारी समेत दिइरहेको देख्न पाईन्छ ।
    ज्ञानोदय मावि, जेनिथ खजुराका विद्यार्थीहरुले अत्याधुनिक पुलको डिजाईन नै तयार पारेका छन् । उनीहरुले हाइड्रोलिक पुल, मोटरबेल स्पेन्सन् ब्रिजको नमना नै तयार गरेका छन् । सो बिद्यालयका बिद्यार्थी भानुभक्त कुमाल, बिजय मिश्र, सुनैना थापा, निरज पौडेलले सो पुलहरुको नमुना तयार गरेका हुन ।

     

  • २ पुष २०७४, आईतवार १८:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित