मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आगलागी पिडितलाई बाँके क्षेत्र १ प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना )को राहात
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज ।
    राप्ती सोनारी गाउँपालिका ५ विनौनाका आगलागि पिडित तिकालाल थारुका परिवारलाई प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना)ले राहत प्रदान गर्नुभएको छ । बाँके क्षेत्र नम्बर १ अन्र्तगत प्रदेश (क) बाट प्रदेश सभामा विजयी प्रदेशसभा सदस्य नमुनाले आगलागि पिडित थारुका परिवारलाई आइतबार आधा दर्जन कम्बल उपब्लध गराउनुभएको हो । शनिबार दिउँसो घरमा कोही पनी नभएको बेला तिकालाल थारुको घर र मेवालाल थारुको गोठमा आगलागी हुँदा घर र गोठ दुवै जलेर पुर्ण रुपमा क्षती भएका थिए । प्रदेश सभा सदस्य नमुनाले यो राहात प्रारम्भिक रुपमा अहिले प्रदान गरिएको बताउदै अन्य राहातका लागि सम्बन्धित निकायमा पहल गरिएको बताउनुभयो । पुर्ण रुपमा क्षती पुगेको घर निर्माणको लागि मैले आफ्नो तर्फबाट सम्बन्धित निकायमा पहल गरिरहेकी छु उहाँले भन्नुभयो । यसैबिच नवनिर्वाचित प्रदेश सभा सदस्य नमुनाले आइतबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ र ७ का मतदातासँग भेटघाट गर्नुभएको छ । उहाँले मतदातालाई मतदान गरेर आफुलाई विजयी गराएकोमा धन्यवाद दिदै निर्वाचनको क्रममा गरेका प्रतिबद्वता पूरा गरेर नै छाड्ने प्रतिबद्वता जनाउनुभयो । मतदाताहरुले प्रदेशसभा सदस्य नमुनालाई विभिन्न मागहरु राख्दै निर्वाचनका क्रममा गरेका बाचाहरु नर्बिसन आग्रह गरेका थिए । स्थानीय रेशम थारुले भन्नुभयो, विगतका सांसदले जस्तो जितेपछि गाउँलाई बिर्सिने काम गर्नुहोला, हाम्रा दुख र सुखमा साथ दिन गाउँमा आइरहनुहोला ।

  • ३ पुष २०७४, सोमबार ०७:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित