मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बासले धम्बोझि माबिमा ईमरजिङ्ग भोलेन्टियर (उदयिमान स्वयंसेवक) कार्यक्रम सुरु
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज मसिर ३ । ंयुवाहरुलाई स्वयंसेवा तर्फ लाग्न उत्प्रेरित गर्नका लागि बासले आज धम्बोझि माबिमा ईमरजिङ्ग भोलेन्टियर (उदयिमान स्वयंसेवक) कार्यक्रम गरेको छ ।
    स्वयंसेवा प्रति युवाहरुको आकर्षण बढाउन, स्वयंसेवा गर्न चाहने युवाहरुलाई सहयोग गर्न, स्वयंसेवि बिबेशिल युवा जमातका माध्यमबाट समृद्ध राष्ट्र निर्माणका लागि युवाहरुलाई उत्प्रेरणा प्रदान गर्न सो कार्यक्रम गरेको हो । कार्यक्रममा बासका अध्यक्ष मन भण्डारी, उप–निर्देशक हेमराज भट्ट र ईन्सपाईरिङ्ग युथ कार्यक्रमका संयोजक खेम बिष्टले स्वयंसेवा, स्वयंसेवाको महत्व, आवश्यकता, सकारात्मक सोच, सामाजिक सद्भाव र सुशासन लगायतका बिषयमा कक्षा १२ का बिद्यार्थीहरुलाई अभिमुखिकरण प्रदान गरेका थिए । ५२ जना बिद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा सहभागि बिद्यार्थीहरुले अभिमुखिकरण पश्चात स्वयम्सेवा गर्न उत्सुक रहेको बताएका थिए । बासले युवाहरुलाई स्वयंसेवा तर्फ लाग्न उत्प्रेरित गर्नका लागि ईमरजिङ्ग भोलेन्टियर (उदयिमान स्वयंसेवक) कार्यक्रम शुरु गरेको हो ।

     

     

  • ३ पुष २०७४, सोमबार १७:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित