मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ट्रम्पको आक्रोश : डिभीबाट आउनेहरु फोहोरको टोकरीमा फाल्न मात्रै योग्य
  • मार्गरेखा संवाददाता

  • एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चित डिभी लोट्री कार्यक्रमबारे कडा टिप्पणी गरेका छन् । राष्ट्रपतिका लागि चुनावी अभियानदेखि नै डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने नारा नै बनाएका उनले शुक्रबार अझ कडा टिप्पणी गरेका हुन् ।

    डिभी चिठ्ठाबाट अमेरिका पुगेका नेपालीसहित तेस्रो विश्वका नागरिकमाथि निशाना साँध्दै उनले उनीहरुलाई उपयोग गर्न नमिल्ने अर्थात ‘फोहोर’ को संज्ञा दिएका हुन् ।

    ‘तिनीहरु उपयोगी हुन्छन् भनेर कसरी विश्वास गर्न सकिन्छ ?’, शुक्रबार आयोजित एफबिआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले कटाक्ष गर्दै भने, ‘ती सबै फोहोरको टोकरीमा हाल्न मात्र काम लाग्छन् ।’

    राष्ट्रपति ट्रम्पले डिभी लोट्रीबाट अमेरिका भित्रिने विदेशी नागरिक समग्र सुरक्षाका लागि समेत चुनौति भएको बताउँदै आएका छन् ।

    केही महिनाअघि न्यूयोर्क सहरमा भएको आतंकारी आक्रमणमा समेत डिभी चिठ्ठा कार्यक्रमबाट अमेरिका भित्रिएका व्यक्तिको स‌ंलग्नता पाइएपछि ट्रम्प आक्रमक बनेका हुन् ।

    अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासीलाई चिठ्ठा कार्यक्रममार्फत भित्र्याउँदै आएको छ । नेपालबाट अहिलेसम्म करिब १६ हजारजना यही कार्यक्रममार्फत अमेरिका पुगिसकेका छन् । गत वर्ष ३४ सय नेपाली डिभी चिठ्ठाबाट अमेरिका प्रवेश गरेका थिए ।अन्नपुर्ण पोष्ट्बाट

  • ३ पुष २०७४, सोमबार १७:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित