वर्षका तीन चर्चित कृतिमाथि सोमबार कोहलपुरमा चर्चा परिचर्चा गरिएको छ । कवि तथा आध्यानकार प्रोलास सिन्धुलियका दुई कृति जन्मजात बाहुनेको बिज्ञप्ति कविता संग्रह र शुन्य डिग्री उपन्यास एव्म उपन्यासकारविवेक ओझाको उपन्यास ऐलानीको सोमबार चर्चा परिचर्चा गरिएको हो । कवि तथा आख्यानकार सिन्धुलिय र उपन्यासकार ओझाको उपस्थितीमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनाका कार्यक्रम सम्पन्न भएको हो । प्राध्यापक तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका आजिवन सदस्य खोपीराम वलीले सिन्ुलियको उपान्यास शुन्य डिग्रीको समालोचनात्मक चर्चा परिचर्चा गरे । उनले उपन्यास र उपन्यास भित्रका पात्रहरुले पस्तुत गरेको यर्थाथवादी दर्शन पक्षबारे चर्चा गरेका थिए । यस्तै गजलकार बाबु त्रिपाठीले सिन्धुलियकै अर्को कविता संग्रह जन्मजात बाहुनको बिज्ञप्ति कृतिबारे चर्चा गरेका थिए । पूर्णिमा साहित्य प्रतिष्ठानका सचिव एवम् प्राध्यापक पुष्कर रिजालले उपन्यासकार ओझाको उपन्यास ऐलानीको विषयमा परिचर्चा गर्दै उपन्यास र पात्रहरुले प्रतिनिधित्व गरेको नेपाली समाजबारे चित्रण गरेका थिए ।
कार्यक्रममा गजलकार बाबु त्रिपाठी, पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकाल, सल्लाहकार सागर गैर, साहित्यकार तुलसी पाठक लगाएत ३० बढि स्रष्टाहरुको सहभागिता रहेको थियो ।