मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तपाईको राशीफल आजको
  • मार्गरेखा संवाददाता

  • मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
    Ariesअवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिस्थितिले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। केही चुनौतीहरू देखिनेछन्। आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। संघर्षपछि भने लाभ उठाउन सकिनेछ। मिहिनेतले जीवनशैलीमा सुधार न्याई फाइदा दिलाउनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्ला।
    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
    Taurusपरिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। जिम्मेवारी बढ्नेछ भने स्वास्थ्य-चिन्ताले सताउन सक्छ। सहयोगीहरू जुटाउन निकै प्रयास गर्नुपर्ला। अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काममा प्रवृत्त भइनेछ। पठनपाठनमा समय दिन नसकिएला।
    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
    Geminiदौडधुपमै समय बित्नेछ भने आँटेको काम स्थगित हुन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। विवादले समस्या निम्त्याउनेछ। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। (नेपाली पात्रो)
    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
    Cancerपरिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।
    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
    Leoस्वास्थ्य-चिन्ताले सताउनेछ भने बाध्यतामा अलमलिनुपर्दा आँटेको काम रोकिन सक्छ। प्रतिस्पर्धीहरूले पनि समस्या उब्जाउन सक्छन्। अवसर प्राप्त भए पनि चिताएको मूल्य प्राप्त नहुन सक्छ। तापनि, मिहिनेत गर्दा बिस्तारै उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि लगनशीलताले आंशिक फाइदा दिलाउनेछ। गोपनीयतामा भने ध्यान पुर्याउनुहोला।
    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
    Virgoपरिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। समयतालिका नमिल्दा काम अपूरै रहनेछ। वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। खानपानको अवसर प्राप्त भए पनि स्वास्थ्य-चिन्ताले सताउनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला।
    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
    Libraहतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउलान्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुपर्नेछ। पहिलेका कमजोरी भने सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। मान्यजन तथा आमाको सहयोगले फाइदा उठाउन सफल भइनेछ। आस मारेको नतिजा सकारात्मक हुन सक्छ।
    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
    Scorpioपरिस्थिति अलि संघर्षपूर्ण रहला। काममा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। मान्यजन तथा अग्रजहरूसँग असमझदारी बढ्न सक्छ। परिस्थितिले साथ दिए पनि ईर्ष्या गर्नेहरूले सताउलान्। अरूको फाइदाका लागि उपयोग भइनेछ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले सजग रहनुहोला।
    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
    Sagittariusसिर्जनात्मक कौशल तथा लेखन शैलीमा निखारता आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने प्रशंसकहरू पनि बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम बन्नेछ।
    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
    Capricornनयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।
    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
    Aquariusआकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि शुभचिन्तक फेला पर्नेछन्। तर बलजफ्तीले हानि पुर्याउनेछ भने फाइदाका पछि लाग्दा आफन्त टाढिन सक्छन्।
    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
    Piscesधेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा सामान्य लाभ हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आयस्रोत राम्रो देखिए पनि तत्कालै फाइदा नहुन सक्छ। केही रकम हातलागी हुनेछ तर ऋणभार बढ्ने सम्भावनासमेत देखिन्छ। समस्या देखिए पनि धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। नेपाली पात्रोबाट
  • ७ पुष २०७४, शुक्रबार ०७:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित