मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कालिकोटमा प्रहरीसँगको झडपमा म्यादी प्रहरीको मृत्यु
  • मार्गरेखा संवाददाता

  • कालिकोटमा म्यादी प्रहरी र नेपाल प्रहरीबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । म्यादी प्रहरीले रासन रकममा हिनामिना भएको गुनासो गरेपछि भएको झडपमा एक म्यादी प्रहरीको मृत्यु भएको हो । शुक्रबार दिउँसो सदरमुकाम मान्ममा भएको झडपमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको हो ।

    जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका घर भएका उनको टाउकोमा गोली लागेको थियो। उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको हो। रकम हिनामिना भएको विरोधमा आन्दोलनमा उत्रिएका म्यादी प्रहरमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाएको स्थानीयले बताएका छन्।

    झडपमा प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो। अवस्था नियन्त्रणमा नआएपछि बाध्य भएर गोली चलाउनुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। झडपमा दर्जन भन्दा बढी म्यादी प्रहरी घाइते भएका छन्। घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। झडपपछि सदरमुकाम मान्मको अवस्था तनावपूर्ण बनेको छ। आक्रोशित म्यादी प्रहरीले सदरमुकाममा रहेका प्रहरी बिट भत्काएका छन्। प्रहरीले दमन गरेको भन्दै म्यादी प्रहरीले प्रहरीका बिट तोडफोड गरेका हुन्।

  • ७ पुष २०७४, शुक्रबार १९:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित