खुल्ला तथा दुर शिक्षा सम्वन्धी नेपालगंजमा सोमबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विश्वमा अहिले खुल्ला तथा दुर शिक्षाको अवधारणा आउदै गर्दा नेपालमा पनि यसलाई अभ्यासमा ल्याउनका लागि सो अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको थियो । वर्तमान अवस्थामा विश्वविद्यालयहरुमा भर्ना भए पनि विभिन्न कारणले गर्दा विश्वविद्यालयमा विद्यार्थी स्वम उपस्थिति हुन नसकि रहेको अवस्थामा खुल्ला तथा दुर शिक्षा कार्यक्रमले ति विश्वविद्यालयमा उपस्थिति नहुन नसकिरहेका विद्यार्थीहरुलाई निकै सहज हुने सो अन्तक्रियामा बताइएको थियो । खुल्ला तथा दुरशिक्षा केन्द्र त्रिभुवन विश्वविद्यालय कृत्रिपुरका निर्देश प्राध्यापक डा. बाल मुकुन्द भण्डारीको प्रमुख अतिथ्यिमा सम्पन्न उक्त कार्यक्रममा आयोजना त्रिविले गरेको हो । नेपालगंजमा रहेको मध्यपश्चिम बहुमुखि क्याम्पस बाकेको समन्वयमा भएको सो कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका उपप्राध्यापक तथा अग्रेजी शिक्षाका विभागीय प्रमुख हरि प्रसाद तिवारीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । सहभागिको जिज्ञास मेटाउने क्रममा कार्यक्रमका प्रमुख अतिथि तथा निर्देशक डा. भण्डारीले दुर शिक्षाको महत्व तथा यसबाट विद्यार्थीलाई हुन सक्ने फाइदाका बारेमा बताउनु भएको मध्येपश्चिम बहुमुखी क्याम्पस नेपालगंजका प्रमुख गणेशमान आर्चायले बताउनु भयो । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा निर्देशक डा. भण्डारीले खुला तथा दुर शिक्षा त्रिविको मतहातमा रहेर त्रिविद्धारा सञ्चालन भएको हुदाँ यसमा वैधानिकताको प्रश्न नभएको र खुला तथा दुर शिक्षा कार्यक्रम ति विद्यार्थी जो निरन्तररुपमा विश्वविद्यालयमा पढ्न जान सकि रहेका छैनन र अन्य तरिकाले आफ्नो अध्ययनलाई पुरा गर्न चहाना भएकाहरुलाई अति नै राम्रो भएको बताउनु भयो । कार्यक्रमा विभिन्न विद्यालयका अध्यपन गराइरहेका करिव ४० शिक्षक तथा मध्यपश्चि बहुमुखी क्याम्पस नेपालगंजमा अध्ययनरत विएड त्रितृय वर्ष र विविएस चौथो वर्षका विद्यार्थीहरुको सहभागिता रहेको क्याम्पसका प्रमुख आर्चायले बताउनु भयो । अहिले त्रिवि अन्र्तगत रहेको खुल्ला तथा दुर शिक्षाको कार्यक्रममा एमएड तर्फ अगे्रजी ,गणित, लगाएतका विषयहरु अध्ययन गर्न पाइने भएको छ ।