दुर्गा आचार्य
बर्दिया,पौष,१२। प्रदेशको राजधानका बिषयमा गर्दै देश भरि नै चर्को बहस भइरहेका बेला बर्दियाबासीले ५ नं. प्रदेशको राजधानी नेपालगञ्ज हुनुपर्नै माग गरेका छन । जिल्ला प्रशासन कार्यालय बर्दियामा मंगलबार ज्ञापन पत्र बुझाउदै उनिहरुले राज्यले बर्दियालीको माग नसुने संघर्ष समिति गठन गरि आन्दोलनमा उत्रने बताएका छन् । बर्दियालाई बुटवल ज्यादै टाढा पर्नेभएको र यहाँका वासिन्दा लाई सुर्खैत पुग्न नजिक हुनेभएकाले बुटवल राजधानी हुने भए प्रदेश ५ बाट बर्दियालाई अलग्याई ६ नं. प्रदेशमा गाभ्नु पर्नै ज्ञापन पत्र बुझाउने टोलीको अगुवाई गरेका विद्या प्रसाद खनालले वताए ।
सबैलाई पायक पर्ने स्थानमा राजधानी तोक्न उनिहरुले माग गरेका छन् । प्रदेश नं. ५ को राजधानी बुटवल तोकिने सम्भावना रहेको आशंका भएकै कारण ज्ञापन पत्र बुझाउनु परेको खनालले वताए। राजधानीको लागि सबै पुर्वाधार पुगेको भए पनि नेपालगञ्ज वा दाङ सबैलाई सहज हुने स्थानियको भनाई छ । प्रदेशको राजधानी तोक्ने विषयमा सुझाव दिन गठित समितिले ५ नं. प्रदेशको राजधानी दाङ तोक्न सुझाव दिएको थियो । राजधानी बुटवल र दाङ कहाँ हुने भन्ने विषयमा बैचारिक विवाद चर्किएका बेला नेपालगञ्ज राजधानी बनाउन बर्दियाबासीले माग गरेका हुन ।